राज शाही शनिबार, फाल्गुण १३, २०७९ मा प्रकाशित

दुई वर्षदेखि निर्माण कार्य रोकिएको हुम्ला कवर्ड हलको निर्माण कार्य अगाडी बढ्ने भएको छ । निर्माण कार्यका लागि कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले बजेटको ब्यवस्था गरेपछि निर्माण कार्य अगाडी बढ्ने भएको हो । सामाजिक बिकास कार्यालयका सवइन्जिनीयर धर्मराज बोहराले कवर्ड हलको रोकिएको निर्माण कार्य अगाडी बढाउने प्रकृया सुरु भएको बताएका छन् ।

चालु आर्थिक वर्षमा सामाजिक बिकास मन्त्रालयले सामाजिक बिकास कार्यालय मार्फत पचास लाख बजेटको ब्यवस्था गरेपछि निर्माण कार्य अगाडी बढाउन टेण्डर आव्हान गर्ने प्रकृया अगाडी बढेको हो । अहिलेको बजेटबाट कवर्ड हलको गाह्रो लगाउने कार्य पाँच फिट माथि हुने छ । जुन कार्य आगामी असार भित्र गरिनेछ । कवर्ड हलभित्र नै यो बजेटबाट तीन कोठे खेलाडीहरुको ड्रेस परिवर्तन गर्ने भवन निर्माण हुने छ ।

यसअघि कवर्ड हलको आठ फिट अग्लो गाह्रो लगाउने कार्य पुरा भई सकेको छ । जम्मा चौतीस फिट अग्लो गाह्रो लगाउनु पर्नेछ । अझै बीस फिट अग्लो गाह्र लगाउने कार्य भने बाँकी नै रहनेछ । यसका लागि दुई वर्ष सिमकोट गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा एक करोड ४२ लाख लगानी गरेको थियो भने कार्यालयले पचास लाख लगानी गरि सकेको थियो । यो वर्षको बजेट सहित दुई करोड ४२ लाख लगानी हुनेछ । अझै कवर्ड हलको संरचना निर्माण गर्न भने बाँकी नै रहने छ । यसका लागि मन्त्रालयले बजेटको ब्यवस्या गर्ने बताई रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९