राज शाही बिहिबार, फाल्गुण ११, २०७९ मा प्रकाशित

२०७४ सालमा ‘मुलुकी अपराध संहिता २०७४’ जारी भयो । संहिताको बाह्रौं परिच्छेदको ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १८५ मा आत्महत्याको दुरुत्साहन कसुरमा सजायको व्यवस्था गरिएको छ । १ भदौ २०७५ देखि संहिता लागू भएको मुलुकी अपराध संहितामा लेखिए जस्तै अर्थमा बुझ्निे गरी आत्महत्याको दुरुत्साहन (इन्साइटमेन्ट अल सुसाइड) पदावली अन्यत्र प्रयुक्त छैन ।

मुलुकी अपराध संहिता २०७४ को दफा ३ (ग) ले संहिता वा कानून बमोजिम सजाय हुने कामलाई कसुर भनेको छ । दफा ६ र ७ ले कानून बमोजिम गर्नुपर्ने वा कानूनले क्षम्य मानेको काम कसुर नहुने र कानूनले सजाय नहुने काम गरेकोमा सजाय नहुने भनेको छ । मुलुकी अपराध संहिताले यस्ता अपूर्ण कसुरको कोटिभित्र आपराधिक षडयन्त्र, उद्योग, दुरुत्साहन र मतियारीलाई राखेको छ । अपराध संहिताको दफा ३५ ले कसैले कसैलाई कुनै कसुर गर्न दुरुत्साहन दिन नहुने भन्दै कसैले कसैलाई कुनै कसुर गर्न उक्साएमा दुरुत्साहन दिएको मानिने भनेको छ ।

मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । कुनै पनि कार्य कसुर हुनका लागि कर्ताले त्यो कार्य गर्न चाहेको र भौतिक रूपमा शरीर वा वचनद्वारा त्यो सम्पन्न गरेको हुनुपर्छ । यी तथ्यका आधारमा हेर्दा अर्कालाई आत्महत्या गराउन सकिंदैन । त्यसैले आत्महत्या गर्न दबाब परेर उम्कन नपाएको अवस्थाले नै मानिस मरेको हो भन्ने देखिने वस्तुपरक आधारमा आत्महत्या दुरुत्साहन होइन, हत्याकै दायराबाट अनुसन्धान, अभियोजन र सजाय हुनुपर्छ । यसका लागि ज्यानसम्बन्धी कसुरको व्यवस्था गर्ने दफाहरू नै पर्याप्त छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९