राज शाही बुधबार, फाल्गुण १०, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी प्राप्त गरेको छ । यस अघि माघ १३ गते नै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल हुम्ला आइ पुगे पनि उनको नजिकको नातेदारको असमाहिक निधन भए पछि प्रमुख जिल्ला अधिकारी केही दिनका लागि जिल्ला बाहिर रहेका थिए । पुन जिल्ला फर्के सँगै हुम्ला जिल्लामा स्थापित पत्रकारहरुसँग जिल्लाको वस्तु स्थिती र हुम्लामा आइ पर्ने समस्या, चुनौतीका बारेमा छलफल र परिचयात्मक कार्यक्रम संचालन गरेका छन् ।


वुधबार दिनको ११ वजे जिल्ला प्रशासन कार्यालयमा संचालन भएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले हुम्ली जनताले भोग्दै आएको खाध्यन्न, विद्युत, सवारी भाडदर, सडक विस्तार सँगै हिल्सा नाका खुले पछि हुम्ला जिल्लामा हुन सक्ने अवैध कारोबार लगाएत अवैध चाइनिज मदिरा भित्रीन नदिन, जिल्लालाई सान्ति सुरक्षामा राख्न आफु कटिवद्ध भएर लाग्ने प्रजिअले बताएका छन् ।

जिल्लाको विकास निर्माणमा भएको ढिलाईलाई पहिलो प्रथामिकतामा राखी काम गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् । विकास निर्माणका काम गर्दागर्दै पेश्की लिएर भाग्ने ठेकेदारको खोजी गरी उनीहरुलाई कार्वाहीको दायरामा ल्याउने पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् । जिल्लालाई सडक संजाल सँग जोड्नका लागी आफ्नो पहिलो प्राथामिकता रहने प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका हुन ।

हुम्ला जिल्लालाई सडक सन्जाल सँग जोड्न सकेको खण्डमा यहाँको पर्यटकिय क्षेत्रबाट राम्रो आम्दानी हुने, अहिले हुम्लीले खेप्दै आएको मंहगी सडक सँजाल जोडिए सँगै यसको निउनिकरण हुने र स्थानियवासीले रोजगारी पाउँने प्रजिअले बताएका छन् । कार्यक्रममा जिल्लास्थित सञ्चारकर्मीले विभिन्न जिज्ञासा र सुझाव दिएका थिए। कार्यक्रममा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई, राष्ट्रिय अनुसन्धानका डिएसपी सत्यनारायण रावतलगायत सहभागी थिए।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९