राज शाही सोमबार, फाल्गुण ०८, २०७९ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा नै गर्भवती महिलाको अल्ट्रासाउन्ड हुन थालेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका कर्मचारी सँगै सम्बन्धित गाउँपालिकाका नर्सिङ स्टापको सहयोगमा स्वास्थ्य चौकी स्वास्थ्य इकाइहरुमा गर्भवती महिलाको अल्ट्रासाउन्ड हुन थालेको हो । यस अघि जिल्ला अस्पतालमा हुँदै आएको अल्ट्रासाउण्ड अहिले सम्बन्धी वस्तीबाटै सो सेवा प्रभाह हुन थाले पछि गर्भवती महिला खुसी भएका हुन ।

यसै बीच सिमकोट गाउँपालिकाका वडा नं ७ चौगान फया सामुदायीक स्वास्थ्य इकाइबाट आज सोमबार उक्त सेवा प्रर्दान गरिएको हो । सो सेवा प्रर्दानका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालयकी वरिष्ट अनमी सरिता बोहरा सहित सिमकोट गाउँपालिका नर्सिङ स्टाप मनमाया वलीको सहभागिता रहेको छ ।

सोमबार सिमकोट गाउँपालिका वडा नं ७ चौगानफया सामुदायीक स्वास्थ्य इकाइबाट अल्ट्रासाउन्ड गर्दा २१ जना गर्भवती महिलाले अल्ट्रासाउन्डबाट गर्भ चेकजाँच गराएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा नर्सिङ स्टाप वसन्ती रावतले बताएकी छन । त्यसै गरी आज सोमबार अल्ट्रासाउण्डबाट गर्भवतीको गरिएको चेक जाँचमा ४ जना गर्भवती महिलामा जटिल समस्या देखिएको रावतले बताएकी छन् ।२ जना गर्भवती महिलाको वच्चा अगाडी साल देखिएको १ जना गर्भवती महिलामा बच्चा उल्टो देखिएको र १ जना गर्भवती महिलाको पेटमा वच्चा तेश्रो अल्ट्रासाउण्ड गर्दा देखिएको वताउदै सिमकोट स्वास्थ्य शाखा नर्सिङ स्टाप वसन्ती रावतले बताइन

त्यस्ता जटिल केस भएका गर्भवती महिलाहरुले नियमित भिडियो एक्सरे गर्ने, नियमित गर्भ चेकजाँच गराउने सुझाव स्वास्थ्य कर्मीले दिएको जानकारी प्राप्त भएको छ । त्यसै गरी भोली मंगलबार सिमकोट गाउँपालिका वडा नं ८ को स्याँडा स्वास्थ्य चौकीमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम संचालन गरिने स्वास्थ्यकर्मी रावतले वताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९