कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष ७९।८० को पहिलो कार्यक्रम खार्पुनाथ गाउँपालिकाको याँङचु बजारमा संचालन गरेको सोही स्वास्थ्य केन्द्रका प्रमुख कृष्णचन्द्र जोसीले बताएका छन् ।

शनिवार विहान १० वजेबाट सुरु भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा महिला २ सय ८० र पुरुष १ सय ७१ गरी जम्मा ४ सय ५१ जनाले उपचार पाएको खार्पुनाथ सामुदायीक अस्पतालका अहेव जैमल बहादुर शाहीले बताएका छन् । प्रदेश आयुर्वेद औषधालका प्रमुख डा संकर प्रसाद रिजालको उपस्थितमा संचालन भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ग्याष्टिक, राँगन,रुघाखोकी,दम ज्वरो पखाला उच्च रक्तचाप कव्जित पाइल्स हात खुट्टा दुख्ने तथा झमझमाउने टाउको दुख्ने निद्रा नलाग्ने रोगको उपचार गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख कृष्ण चन्द्र जोसीले बताएका छन् ।

उक्त स्वास्थ्य शिविर विहान १० वजेबाट सुरु गरी वेलुका ५ वजे सम्पन्न गर्ने भनीए पनि विरामीको चाप वढेकाले वेलुका साढे ६ वजे सम्म संचालन गर्नु परेको जोसीले बताएका छन् । निशुल्क शिविरमा महिलाको संख्या वढी भएको र ति महिलाहरुलाई महिनावारी गडवढी, सेतो तथा रानो खुन बग्ने समस्या बालबालिका सम्बन्धी रोगहरु र स्तनपायी आमा तथा बच्चाहरुलाई दुध नाउने समस्याको उपचार गरीएको र जेष्ठ नागरिकहरुलाई रसायन औषधी वितरण गरिएको खार्पुनाथ स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् ।