राज शाही शनिबार, माघ २८, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन भएको छ । हुम्ला जिल्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यालय सँगै यस मातहतका प्रहरी चौकीले अपराधिक घटना कम गर्नका लागी समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् ।

यसै वीच शनिवार प्रहरी चौकी सर्केदेउ र अस्थायी ट्राफिक प्रहरी पोष्ट हुम्लाको संयुक्त आयोजनामा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं.४ सर्केगाड बजारमा सवारी धनी¸ सवारी चालक¸ सह चालक¸ पैदलयात्री तथा यात्रुहरु सहित करिव ६० जनाको सहभागीतामा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जनाकारी दिएका छन् ।

उक्त कार्यक्रम संचालन भए पछि सवारी दुर्घटना कम हुनुका साथै ट्राफिक नियमका बारेमामा पनि सावरी धनी, सवारी चालक र स्थानियवासी जानकार हुने उद्देश्य रहेको प्रहरी नायव उपरिक्षक भट्टराईले बनाएका छन् । सोही कार्यक्रममा सवारी तथा यातयात व्यवस्थापन ऐन २०४९ का बारेमा समेत जानकारी गराइएको थियो ।

सवारी तथा यातयात व्यवस्थापन ऐन २०७९ को दफा १ बमोजिम ज्यान मार्ने मनसाय लिइ किची, ठक्कर दिइ ज्यान मर्न गएको भए जन्म कैदको सजाय हुने कानुनि व्यवस्थाका बारेमा पनि जानकारी गराइएको खवर प्राप्त भएको छ । त्यसै गरी सवारी तथा यातयात सम्बन्धी अन्य कानूनका बारेमा पनि सहभागीलाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय हुम्लाको श्रोतले बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९