राज शाही शनिबार, माघ २८, २०७९ मा प्रकाशित

सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन भएको छ । हुम्ला जिल्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यालय सँगै यस मातहतका प्रहरी चौकीले अपराधिक घटना कम गर्नका लागी समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् ।

यसै वीच शनिवार प्रहरी चौकी सर्केदेउ र अस्थायी ट्राफिक प्रहरी पोष्ट हुम्लाको संयुक्त आयोजनामा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं.४ सर्केगाड बजारमा सवारी धनी¸ सवारी चालक¸ सह चालक¸ पैदलयात्री तथा यात्रुहरु सहित करिव ६० जनाको सहभागीतामा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जनाकारी दिएका छन् ।

उक्त कार्यक्रम संचालन भए पछि सवारी दुर्घटना कम हुनुका साथै ट्राफिक नियमका बारेमामा पनि सावरी धनी, सवारी चालक र स्थानियवासी जानकार हुने उद्देश्य रहेको प्रहरी नायव उपरिक्षक भट्टराईले बनाएका छन् । सोही कार्यक्रममा सवारी तथा यातयात व्यवस्थापन ऐन २०४९ का बारेमा समेत जानकारी गराइएको थियो ।

सवारी तथा यातयात व्यवस्थापन ऐन २०७९ को दफा १ बमोजिम ज्यान मार्ने मनसाय लिइ किची, ठक्कर दिइ ज्यान मर्न गएको भए जन्म कैदको सजाय हुने कानुनि व्यवस्थाका बारेमा पनि जानकारी गराइएको खवर प्राप्त भएको छ । त्यसै गरी सवारी तथा यातयात सम्बन्धी अन्य कानूनका बारेमा पनि सहभागीलाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय हुम्लाको श्रोतले बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९