राज शाही शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला खार्पुनाथ स्वास्थ्य शाखाले फागुन १० गते पछि स्वास्थ्य सँग सम्बन्धित कल फराइडे लागु गर्ने भएको छ । सेवा ग्राही र नागरिकलाई स्वास्थ्य सम्बन्धित सेवाको जानकारी र सेवा लिन सुचित गराउने माध्यमको रुपमा कल फराइडेलाई अगाडी बढाइने भएको सोही स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् । कल फराइडे लागु गर्नका लागी सो गाउँ पालिकाले ४५ वटा मोवाइल सेट र सिमको वन्दो वस्त समेत गरि सकेको प्रमुख शाहीले बताएका छन् । कल फराइडे लागु भए पछि उक्त गाउँपालिकाका सेवा ग्राहीले घरमै बसी आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिन सक्ने उद्देश्य राखिएको सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् ।

जसको तयारीका लागी हाल खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिकाका नागरीकको घर दैलोमा पुगी स्वास्थ्य सम्बन्धि विवरण लिने काम सँगै स्वास्थ्य सेवा विरामीको घरमै पुगी स्वास्थ्य सेवा दिने कार्य गरी रहेको छ । यसै विच विहिवार खार्पुनाथ गाउँपालिका वडा नं १ को लागी लाली स्वास्थ्य चौकीलाई परिचालन गरी उक्त चौकीका स्वास्थ्यकर्मी चिसामुल गाउँमा पुगी स्वास्थ्य सेवा प्रवाह गरेको जानकारी प्राप्त भएको छ ।

स्वास्थ्यकर्मी नागरिकको घरमै पुगी स्वास्थ्य सेवा दिनुका साथै खोपसेवा लिने बालबालिका कोरोना खोप पायका र पाउन छुटेका नागरिक गर्भवति महिला दिर्घ रोगि मानिस र हाल पालिकामा बसोबास गर्ने नागरिक र पालिका बाहिर बसोबास गर्ने नागरिकको लगत लिने कार्य हुँदै आएको सोही गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् ।
कर्णाली प्रदेश निर्वाचन क्षेत्र नं ख को खार्पुनाथ गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका जनतालाई के कसरी सेवा दिन सकिन्छ भन्ने तर्फ हरेक क्षेत्रमा सजक देखिएको छ । जनताको सेवा सहज सहुलियत ढंगले संचालनका लागी प्रचार प्रसारका कार्यक्रम सँगै घरदैलोमै पुगी सेवा दिन थालेको छ । पशु, कृषि, स्वास्थ्य र शिक्षा शाखाले घर घर मै पुगी आफ्नो शाखाबाट हुने सेवाहरु दिन थालेका छन् ।

गाउँपालिका पशु शाखाले घर घर मै पुगी पशुहरुलाई वाहिय जिवाणुबाट बचाउनका लागी खुरेत, जिव्रेत, रेविज लगाएतका खोपहरु लगाउदै आएको छ । कृषि शाखाले कृषकहरुको घर दैलोमा पुगी वालीमा लाग्ने विभिन्न रोगको उपचार गर्नुका साथै मौसमी तथा वेमौसी तरकारीका विउ, विजन, पाल वितरण गर्दै आएको छ । शिक्षा शाखाले गाउँपालिका भित्रका जनतालाई साक्षरता बनाउनका लागी घरमा पुगी साक्षर कक्षा दिने देखि बालबालिकालाई विद्यालयमा भर्नाका लागी घरमा पुगी अविभावकलाई जनचेतनामुल कार्यक्रम संचालन गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९