राज शाही बिहिबार, माघ २६, २०७९ मा प्रकाशित

३ दिन सम्म संचालन भएको तालिममा सन २०२३ बाट लागु गरिने प्राकृतिक खेती प्रणाली सम्बन्धी छापो राख्ने, स्थानिय स्तरमा कम्पोष्ट मल बनाउने, सुस्म जिबाणुको वृद्धि गर्ने, जैविक विषाधी निर्माण गर्ने, वाली उपचारका लागी प्रयोग गर्ने प्रसोधित विरुवाको झोल, प्रसोधित फलफुलको झोल, विरुवालाई आवश्यक पर्ने नाइट्रोजन फस्फोरस र क्याल्सियम स्थानिय स्तरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट निर्माण गर्न र प्राकृतिक खेती विधीबाट कुखुरा पालन सम्बन्धी तालिम प्रधान गरिएको सहकारी व्यवसायी विकास अधिकृत रमेश बहादुर शाहीले बताएका छन् । अगुवा कृषकहरुलाई तालिम प्रधान गरे पश्चायत आफ्नो समुहमा गएर तालिम दिन सक्ने र यो प्राणाली अवलम्बन गरी लागत घटाइ उत्पालन वृद्धि गरी मुनाफा लिने लक्ष्य राखिएको छ ।
सो तालिममा दुधकुण्ड महिला कृषि सहकारी संस्था खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रामा संचालित संस्थाका १ सय २५ सदस्यहरुमा २५।२५ जनाको ५ समुह रहेको ति समुहबाट १० जनाको सहभागिता रहेको छ । त्यसै गरी पन्चमुखि कृषि सहकारी संस्था सिमकोटमा ७५ जना रहेको र उक्त सहकारीमा ३ वटा समुह रहेको ति तिनवटा समुहबाट ६ जनाको सहभागी रहेको छ । सोही अनुसार मष्ठादेव कृषि सहकारी संस्थाका सेर सदस्य ५० जना रहेको र उक्त सहकारी संस्थामा २ वटा समुह रहेको ति २ वटा समुहबाट ४ जना गरी जम्मा २० जना अगुवा कृषकको सहभागीता रहेको थियो ।

३ दिन सम्म संचालन भएको प्राकृतिक खेती प्रणाली सम्बन्धि तालिम सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिका वडा नं ४ मा गठित सहरकारी र सिमकोट गाउँपालिकामा गठित सहकारी संस्थाका अघुवा कृषकको सहभागीता रहेको तालिम जिल्ला सदरमुकाम सिमकोटमा तिन दिन सम्म संचालन भएको थियो । उक्त तालिम स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको आयोजना र गुड नवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोगमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९