राज शाही बुधबार, माघ २५, २०७९ मा प्रकाशित

हुम्ला जिल्ला सिमकोट गाउँपालिकामा पर्न आएका बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन गरिएको छ । उक्त अनुगमन सिमकोट गाउँपालिकाको कार्यपालिका वैठकले बाख्रापालन पकेट क्षेत्र छनौट गरिएका वडामा उक्त अनुगमन गरेको हो ।

सिमकोट गाउँपालिकाले सोही गाउँपालिकाको वडा नं १ र २ लाई बाख्रा पालन पकेट क्षेत्र छनौट गरी आवेदन माग गरेको थियो । गाउँपालिकाले यस अघि माग गरिएको आवेदनमा सिमकोट गाउँपालिका वडा नं १ र २ वाट ५७ वटा दरखास्त परेकोमा ति दरखास्त साँचो हुन वा कागजि प्रक्रियाका हुन भनी सिमकोट गाउँपालिका पशु शाखाका ना प्र स विष्णु वुमी लगाएतको प्राविधिक टोली सम्बन्धित स्थलमा पुगी अनुगमन गरेको जानकारी प्राप्त भएको छ ।

अनुगमनका क्रममा सिमकोट गाउँपालिकामा पेश गर्ने फर्म, सहकारी, समुहको सम्बन्धित स्थलमा पुगी अनुगमन गर्दा ३ वटा खसि देखि ३६ वटा सम्म भेडा बाख्रा पालन गरेको अनुगमनका क्रममा देखिएको ना प्र स वुमीले बताएका छन् ।

सिमकोट गाउँपालिकाको वडा नं १ र २ का बाख्रापालन कृषकलाई प्रोत्साहन गर्न न्युनतम १० वटा वाख्रा उपलब्ध गराउने कार्यक्रम रहेको सोही गाउँपालिका ना प्र स विष्णु वुमीले य बताएका छन् । सोही अनुसार सिमकवट गाउँपालिका वडा नं १ वाट बाख्रा पालनका लागी पर्न आएका आवेदकहरुको कृषि फर्महरुको पनि केही दिनमा स्थलगत अनुगमन गरी फर्महरु छनौट गर्ने ना प्र स वुमीले बताएका हुन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९