राज शाही बुधबार, माघ २५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला सिमकोट गाउँपालिकामा पर्न आएका बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन गरिएको छ । उक्त अनुगमन सिमकोट गाउँपालिकाको कार्यपालिका वैठकले बाख्रापालन पकेट क्षेत्र छनौट गरिएका वडामा उक्त अनुगमन गरेको हो ।

सिमकोट गाउँपालिकाले सोही गाउँपालिकाको वडा नं १ र २ लाई बाख्रा पालन पकेट क्षेत्र छनौट गरी आवेदन माग गरेको थियो । गाउँपालिकाले यस अघि माग गरिएको आवेदनमा सिमकोट गाउँपालिका वडा नं १ र २ वाट ५७ वटा दरखास्त परेकोमा ति दरखास्त साँचो हुन वा कागजि प्रक्रियाका हुन भनी सिमकोट गाउँपालिका पशु शाखाका ना प्र स विष्णु वुमी लगाएतको प्राविधिक टोली सम्बन्धित स्थलमा पुगी अनुगमन गरेको जानकारी प्राप्त भएको छ ।

अनुगमनका क्रममा सिमकोट गाउँपालिकामा पेश गर्ने फर्म, सहकारी, समुहको सम्बन्धित स्थलमा पुगी अनुगमन गर्दा ३ वटा खसि देखि ३६ वटा सम्म भेडा बाख्रा पालन गरेको अनुगमनका क्रममा देखिएको ना प्र स वुमीले बताएका छन् ।

सिमकोट गाउँपालिकाको वडा नं १ र २ का बाख्रापालन कृषकलाई प्रोत्साहन गर्न न्युनतम १० वटा वाख्रा उपलब्ध गराउने कार्यक्रम रहेको सोही गाउँपालिका ना प्र स विष्णु वुमीले य बताएका छन् । सोही अनुसार सिमकवट गाउँपालिका वडा नं १ वाट बाख्रा पालनका लागी पर्न आएका आवेदकहरुको कृषि फर्महरुको पनि केही दिनमा स्थलगत अनुगमन गरी फर्महरु छनौट गर्ने ना प्र स वुमीले बताएका हुन ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९