राज शाही मंगलबार, माघ २४, २०७९ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा प्राकृतिक खेती प्रणाली सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको आयोजना र गुड नवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोगमा संचालन भएको हो । गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सहजीकरणमा घुम्ती कोष संचालन भएका सहकारीका १ समुहबाट २ जनाको उक्त तालिममा सहभागिता रहेको सहकारी व्यवस्थापन विकास अधिकृत रमेशबहादुर शाहीले बताएका छन् ।

सहभागी हुने दुधकुण्ड महिला कृषि सहकारी संस्था खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रामा संचालित संस्थाका १ सय २५ सदस्यहरुमा २५।२५ जनाको ५ समुह रहेको ति समुहबाट १० जनाको सहभागिता रहेको छ । त्यसै गरी पन्चमुखि कृषि सहकारी संस्था सिमकोटमा ७५ जना रहेको र उक्त सहकारीमा ३ वटा समुह रहेको ति तिनवटा समुहबाट ६ जनाको सहभागी रहेको छ । सोही अनुसार मष्ठादेव कृषि सहकारी संस्थाका सेर सदस्य ५० जना रहेको र उक्त सहकारी संस्थामा २ वटा समुह रहेको ति २ वटा समुहबाट ४ जना गरी जम्मा २० जना अगुवा कृषकको सहभागीता रहेको अधिकृत शाहीले बताएका छन् ।

गुड नेवर्स इन्टरनेस्नल संस्थाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको प्राविधिक सहयोगमा जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका सहकारी संस्थालाई तरकारी उत्पादनका लागी घुम्ती कोष परिचालन गरेको छ भने सर्केगाड गाउँपालिकामा रहेका कृषि सहकारी संस्थालाई सिमि खेतीको लागी घुम्ती कोष परिचालन गरिएको सहकारी अधिकृत शाहीले बताएका हुन । स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सभाहलमा संचालन भएको प्राकृतिक खेती प्रणाली तालिम मंगलबारबाट ३ दिन सम्म संचालन हुने भएको छ ।

उक्त तालिममा जल र जमिनको सवाल, दिगो कृषि किसानको भुमि भोगाधिकार प्रमाणी लैंङगिक र बातावरण न्यायका सवालहरु उठान गर्ने स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिले यी सवालहरुको दस्तावेजीकरण गरी जवरजस्ती कब्जा गरेका जमिन, अवैध रुपमा कब्जा गरेका जमिन, पानीको श्रोत कब्जा गरेको कृषि इन्धन विस्तार, पर्यावरण विनास प्रदुषण लैंङगगीक आयाममा ध्यान दिदै कृषकको खाध्य अधिकार, जमिन र प्राकृतिक श्रोतलाई ग्रहण गर्दै सवाल उठान गर्न योगदान दिने र प्राकृतिक श्रोतहरुको संरक्षण र ग्रामिण गरिवको पहुँचको लागी विद्यमान नीति नियमहरुको प्रभावकारी कार्यान्वयनको लागी योगदन दिने कुरा जोड दिदै प्रशिक्षण गराइएको अधिकृत शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९