राज शाही आइतबार, माघ २२, २०७९ मा प्रकाशित

हुम्ला जिल्लामा आज माघे पुर्णीमा मेला भव्यरुपमा मनाइएको छ । जिल्लाका हिन्दु तथा बौध धर्मालम्बीहरु मिली माघे पुर्णीमा विभिन्न देवि देवताको मठ मन्दिरमा पुगी खसीको वली दिइ, धामी झाग्री नाची भव्यरुपमा मनाइएको छ । त्यसै गरी सिमकोट गाउँपालिकाका विभिन्न मठ मन्दिर र कुल देवताको पुजा पाठ गरी माघे पुर्णीमा आइतबार मनाइ सिमकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चिन रावतले बताएका छन् । माघे पुर्णीमामा आफ्नो कुल देवताको पुजा पाठ गरी खसिको वली दिइ मनाउनुका साथै घर आगन सरसफाइ गर्ने गरेको, देवी देवताको मठ मन्दिरमा पनि लिपपोत गरी सरसफाइ गरी मठमन्दिरमै पुगी पुरी प्रसादका रुपमा बनाइ भक्तजनहरुलाई प्रसाद दिई मनाउने गरेको अध्यक्ष रातवले बताएका छन् ।

देवीहरुका मठ मन्दिरमा यस अघिका पुस्ताले राखेका भाकलहरु पुरा नगरीदा अहिले आएर त्यसको दोश नयाँ पुस्तामा देखाउन थालेपछि अहिलेका नयाँ पुस्ताले उक्त भाकल खसी, बोका, चौरी, भेडा लगाएतका पशुहरु देविको मठ मन्दिरमा चढाइ मनमा शान्ती गर्ने गरेको पुजारी धोधे रावतले बताएका छन् । जिल्लाका सात वटै गाउँपालिकामा विभिन्न मठमन्दिर माघे पुर्णीमा मेला धुमधामका साथ मनाइएको छ । यो पुर्णीमा मेला एकदशीबाट सुरु भइ पुर्णीमा सम्म मनाइने गरीन्छ ।

हुम्ला जिल्लाका ७ वटै गाउँपालिकामा मनाइने माघे पुर्णीमा मेलामा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्य आज सिमकोट गाउँपालिका वडा नं ५ मा रहेको बाडपाल माडु अर्थात मन्दिरमा गइ प्रसाद ग्रहण गरी हुम्लाको संस्कृति जगेडा गर्नु आवश्यक रहेको र यसको सिको भावी पीडिले सिक्नु पर्ने स्थानिय सस्कृतिको जगेडाको लागी पुस्ता हस्तान्ण हुनु पर्नेमा जोड दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९