राज शाही शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन घरआँगनको सिंहदरबारले सञ्चालन गर्ने कार्यक्रम जनतालाई एक वर्षमा दुई पटक सार्वजनिक सुनुवाइका माध्यमबाट सुसूचित गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

तर, यहाँका अधिकांश स्थानीय तहले कार्यक्रम नै गर्दैनन्। सरकारले सार्वजनिक सुनुवाइको आयोजना नगर्दा आफूहरूले तिरेको कर, विकास निर्माण, सर्वसाधारणप्रति गरेका योगदानको अवस्थाबारे अनभिज्ञ हुने गरेको सर्वसाधारण नागरिकको गुनासो छ। सेवा प्रदायक संस्था र सर्वसाधारण एकै थलोमा बसेर सरकारले प्रदान गर्ने सेवा सुविधा जानकारी गराउने र सोहीअनुसार जनतालाई सेवा सुविधामा पहुँच राख्ने बनाउन, कार्यालयका कर्मचारीको कमीकमजोरीका बारेमा सुधार ल्याउन सार्वजनिक सुनुवाइ कार्यक्रम अति उपयोगी विधि भए पनि स्थानीय सरकारले सार्वजनिक सुनुवाइ नगरी हचुवाको भरमा सरकार सञ्चालन गरेको गुनासो छ। कार्यविधिअनुसार स्थानीय सरकारले कार्यक्रम नगर्दा सर्वसाधारणले सेवा सुविधा लिन समस्या हुने गरेको पाइएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९