राज शाही शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित

हुम्लाका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। २०७८ सालको जनगणनाको तथ्याङ्कले पनि अधिकांश हुम्ली परम्परागत कृषि पेसामै निर्भर छन् भन्ने देखाउँछ। हुम्लामा कृषकको खेती ज्ञान र सीपलाई व्यावसायिक बनाउने उद्देश्यसहित सरकारी तथा गैरसरकारी संस्था सक्रिय छन्। समुदायस्तरमा कृषि कार्यक्रम सञ्चालन पनि छन्। यद्यपि खेती प्रविधि र बजारमा खासै परिवर्तन देखिएको छैन। परम्परागत कृषि तरिकाले यहाँका नागरिक अधिकांश समय बारीमै खटिए पनि यसबाट फलेको अन्नले चार/ पाँच महिना मात्र खान पुग्छ।

हिमाली जिल्ला भएकाले यहाँको समुदायको प्रमुख पेसा पशुपालन र कृषि हो। खार्पुनाथ गाउँपालिका–५ का गोर्ख रोकायाका अनुसार जुन बाली लगाए पनि वर्षको एक पटक मात्र उत्पादन हुन्छ। एक बालीले कृषकलाई पर्याप्त अन्न पुग्दैन। बारीको उत्पादनले चार/पाँच महिनासम्म खाना पुग्ने भएकाले परिवार पाल्नका लागि छ÷सात महिनासम्म बजारको चामल किन्नुको विकल्प छैन।

तथ्याङ्कअनुसार यहाँका अधिकांश परिवारलाई ६।७ महिना मात्र खान पुग्छ। पर्याप्त पौष्टिक आहारको कमीले ३० वर्षकै कलिलो उमेरमै यहाँका युवकको मुहारमा चाउरीपन आएको देखिन्छ। सिमकोट गाउँपालिका ५ का स्थानीय कृषक मिम सिह नेपालीले कृषि आधुनिकीकरण सम्बन्धी विभिन्न अनुदान राज्यले दिए पनि वास्तविक किसानले नपाएको बताएका छन्।
कृषि विकास कार्यालयका अनुसार हुम्लाका किसानले परम्परागत तरिकाले काम गर्दा यहाँका नागरिकको अवस्था कष्टकर रहेको बताएका छन। जिल्लाका कृषकलाई गरिबी न्यूनीकरण गर्न कृषि विकास कार्यालयलगायत आय आर्जन सम्बन्धी काम गर्ने गैरसरकारी संस्थाले रैथाने बालीसम्बन्धी उत्पादनमा जोड दिई संस्थागत विकास गर्न आवश्यक रहेको देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९