राज शाही बिहिबार, माघ १९, २०७९ मा प्रकाशित

अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली भन्ने मुलनाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ वितरण गरिएको छ । उक्त पोषण थैली सिमकोट गाउँपालिका वडा नं ५,६ सँगै सिमकोट वजारमा वसो बास गर्नेलाई सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले वितरण गरेको हो ।

पोषण थैलीमा ४ पोका तेल, १ क्यारेट अण्डा, ५।५ वटा लुगा धुने र नुहाउने सावुन, ५ केजी रातो चामल, घ्यु १ माना, महिलाको भित्र वस्त्र २।२ वटा, १ ओटा गृनहाउसको लागी नङकट, बुरुस, मन्जन, लगाएतका सामाग्री वितरण गरिएको हो । सामाग्री सुनौलो हजार दिनका १० जना महिलाहरुलाई उपलब्ध गराइएको हो । विहिवार हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ५,६ सँगै बजार वासीला सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको पोषण थैली वितरण कार्यक्रमको अध्यक्षता सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष नन्द रावतको प्रमुख आतिथ्य सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ममता महत रोकायाको रहेको कार्यक्रममा सिमकोट स्वास्थ्य शाखा प्रमुख नर भण्डारी वडा नं ५ का वडा अध्यक्ष चिन रावत वडा नं २ का अध्यक्ष देवजन बोहरा जिल्ला स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरा लगाएत पत्रकारको उपस्थित रहेको थियो ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य कर्मी मनमाया वलीले उत्घोषण गरेको कार्यक्रममा गर्वति भएको दिन देखि २ वर्ष सम्मका ४८ जना महिलालाई सो सामाग्री वितरण गरिएको हो । सो सामाग्री वितरणले गर्भमा रहेको शिसु र आमाको स्वास्थ्यमा सुधार आइ मातृमृत्यु दर घटनमा सहयोग पुग्ने, असुरक्षितरुपमा घरमै प्रसुति हुने महिलाको संख्या घटी स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच र सुरक्षित वर्थिङ सेन्टरमा प्रसुति हुने महिलाको संख्यामा वृद्धि हुने र स्वास्थ्य संस्थाप्रति महिलाको विश्वास वढ्दै जाने सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् । जसको आर्थिक सहयोग सिमकोट गाउँपालिकाको रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९