राज शाही सोमबार, माघ १६, २०७९ मा प्रकाशित

हुम्ला जिल्ला सहित कर्णालीका मुगु लगाएतका जिल्लामा भुकम्प जाने झुठ्ठा अफवा फइलाइएको छ । यो झुठ्ठा अफवाको पछि लाग्दा स्थानिय वासी आइतबार राती १ वजे देखि जागराम वसेका छन् । यो माघ महिनाको हिमपातको चिसोमा मानिसहरु रोड तथा खाली जग्गामा आगो बाली वसेका छन् । प्राकृतिक विपतको अनुमान गर्न नसकिने भएकाले यो झुठ्ठा अफवाको पछि नलाग्न स्थानिय प्रशासनले आग्रह गरेको छ । यो झुठ्ठा अफवा भएकाले मानिसहरु आतङकित नहुन प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी गराएका छन् ।
हुम्ला जिल्लाका ७ वटै गाउँ पालिकाका स्थानिय वासी भुकम्पको डरले राती १ वजेबाट घरबाहिर चीसोमा वसी रहेको जानकारी प्राप्त भएको छ । हुम्ला जिल्लाकै कुनै धामीले झुठ्ठा अफवा फैलाएकाले उक्त झुठ्ठा अफवा फैलाउने धामीको खोजी भइ रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । निज धामीको खोजी गरी झुठ्ठा अफवा फैलाएकोमा कानूनी कार्वाहीको प्रक्रिया अगाडी वढाउने हुम्ला प्रशासनले जनाएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९