शान्तिकुमारी सिंह आइतबार, माघ १५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा ६१ औ नर्सिङ दिवश मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा आइतबार दिनको साढे २ वजे नरसिंह दिवस मनाइएको हो । जिल्लामा स्थापित पत्रकार जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा कार्यरत नरसिङ स्टापहरुको उपस्थितमा अन्त्ररक्रिया गरी सो दिवस मनाइएको हो । राष्ट्रिय नर्सिङ दिवस नेपालमा हरेक वर्ष जनवरी महिनाको २८ तारिखका दिन मनाइन्छ ।

विक्रम सम्वत २०१८ सालमा नेपाल नर्सिङ सङ्घको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जनवरी २८ मा नर्सिङ दिवस मनाउने गरिन्छ । सोही दिवसमा बोल्ने वक्ताले दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा समर्पित नर्सहरुले उपयुक्त सेवा–सुविधा र अवसर नपाएको, दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनु पर्ने, भौगोलिक वर्गीकरणलाई पुनरावलोकन गरी वैज्ञानिक बनाउन र वर्गीकरणको आधारमा ५० प्रतिशतदेखि २ सय प्रतिशतसम्म हुनेगरी कर्मचारीहरुलाई दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने भनाइ राखेका थिए ।

दुर्गम क्षेत्रमा काम गर्ने नर्सहरुलाई स्वास्थ्य संस्थाको व्यवस्था गर्न सिफारिस गर्ने, दुर्गममा काम गर्ने नर्सहरुको अध्ययन बिदासहितको प्रमाणपत्रदेखि नै उच्च शिक्षा अध्ययनका लागि कोटा निर्धारण गर्नु पर्ने, अध्ययन÷तालिमपछि पूरा गर्नुपर्ने अनिवार्य सेवा (बोन्डिङ)को अवधि बाँकी रहेसम्म योग्यता पुगेर छनोट भएका सबै कर्मचारी अध्ययन बिदाका लागि योग्य हुने व्यवस्था मिलाउनु पर्ने नर्सिङ स्टापहरुको भनाइ रहेको थियो ।


हाम्रो समाजमा कुनैबेला नर्स भन्नेबितिक्कै बिरामीको स्याहार सुसार गर्ने मानिस हो भन्ने धारणा थियो । तर हिजोआज हामीमा धेरै कुराको शिक्षा र चेतना बढेको छ । जसले गर्दा स्वास्थ्यको क्षेत्र र बुझाइमा धेरै नै फराकिलो हुदै गएको छ । मानिस स्वस्थ्य रहनलाई शारीरिक रुपमा मात्र स्वस्थ्य भएर हुन्न मानसिक रुपमा पनि स्वस्थ रहनु पर्दछ भन्ने कुराको विकास भएको छ । चार दशक अगाडी सम्म नर्सिङ पेशालाई समाजले हेर्ने दृष्टिनै फरक थियो । तर आजभोली यो पेशा संमानित भएको छ । जसले गर्दा आजभोली नर्सिङ धेरैको लागी आकर्षणको पेशा बनेको छ । तर प्रतिस्पर्धामा उत्रिएर नर्सिङ पेशामा प्रवेश गर्न भने सजिलो छैन ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९