राज शाही आइतबार, माघ १५, २०७९ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा ७० औ विश्व कुष्ट रोग दिवश मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा उक्त दिवश मनाइएको हो । कुष्ट रोग नेपाल सरकारले २००९ मा नै उन्मुलन गरे पनि यदाकदा देखिने गरेको पाइएको छ । हुम्ला जिल्लामा २००९ पछि २ जनामा कुष्ट रोगका रोगी भेटीएको र तिनको उपचार जिल्ला बाहिर भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका कुष्ट रोग फोकल प्रर्सन भक्ति फडेराले बताएका छन् ।

कुष्ठरोग आँखाले देख्न नसकिने मायक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर छाला, स्नायु (नसा) मा असर गर्दछ। यो रोग प्राचीन कालदेखि नै मानिससँग परिचित भए पनि सन् १८७३ मा मात्र नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका हुन्। यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ। त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको नहुने जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिहले बताएका थिए ।

जिल्लामा स्थापित पत्रकार लगाएत सरोकारवाला निकायको उपस्थित रहेको अन्त्ररक्रिया कार्यक्रममा यो रोग सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु जिल्लाका ७ वटै गाउँपालिकामा संचालन गर्नु पर्नेमा जोड दिएका थिए । कुष्ट रोग सम्बन्धी विषशज्ञ हुम्ला जिल्लामा नभए पनि जिल्ला स्वास्थ्य सेवा कार्यालयले प्राथामिक उपचार गरी जिल्ला बाहिरका कुष्ट रोग सम्बन्धी विशषज्ञ भएको अस्पतालमा पठाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य कर्मीहरुले बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९