राज शाही शनिबार, माघ १४, २०७९ मा प्रकाशित

हिमाली जिल्ला हुम्लाका पशुवस्तुहरुलाई बाहिय प्रजिवीबाट वचाउनका लागी खोप लगाइएको छ । खोप कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ५ मा लगाइएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आर्थिक सहयोग संगै प्राविधिक सहयोगमा उक्त खोप लगाइएको सोही शाखाका पशु ना प्र स विष्णु वुमीले बताएका छन् ।

सिमकोट गाउँपालिका वडा नं ५ का बाँसु रावतका खसी सिमकोट गाउँपालिका वडा नं ४ मा पालन गरीएका २ सय वटा खसीलाई वाहिय प्रजिवी लुतो लगाएतका रोगबाट वचाउनका लागी सो खोप लगाइएको हो । सिमकोट गाउँपालिका पशु शाखा प्रमुख महेन्द्रबहादुर शाहीको नेतृत्वमा सम्बन्धित स्थलमा पुगी २ सय वटा खसीलाई खोप लगाइएको र अन्य गाउँमा रहेका भेडा बाख्रा संगै अन्य घरपालुवा पशु वस्तुको प्ररिक्षण गरिएको प्रमुख शाहीले बताएका छन् ।

केहि दिन देखिको हिमापातले हुम्ला जिल्लामा एक वडाबाट अर्को वडा सम्म जान कठिन भएको र यो अवस्था सहज भएमा सोही गाउँपालिका वडा नं २,३ र ४ मा उक्त खोप लगाइने ना प्र स विष्णु वुमीले यसरी वताएका छन्। सोही अनुसार भोली आइतवार सिमकोट गाउँपालिका वडा नं ५ मा रहेका गधा घोडा खच्चरलाई सोही खोप लगाउने योजना राखिएको वुमीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९