राज शाही बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा पहिलो पटक भान्सार दिवस मनाइएको छ । उक्त दिवस हिमाली जिल्लाको सदरमुकाम सिमकोटमा भव्यताका साथ मनाइएको हो । भान्सार कार्यालय यारीमा भए पनि कोभिण्ड २०१९ देखि यारी नाका वन्द भए पछि उक्त कार्यालय सदरमुकाम सिमकोट केन्द्रित भएको छ ।

यारी भान्सार कार्यालय विगत ३ वर्ष देखि वन्द भए पनि केही दिन अघि एक तर्फि संचालन हुदा करिव १८ वटा मालबाहक सवारी साधन चिनबाट नेपाल भित्रीएका थिए । ति सवारी साधन एकतर्फी यारी नाकाबाट हुम्ला जिल्लाका लागी निर्माण सामाग्री फेन्सी सामाग्री लगाएत दैनिक उपभोग्यका केही सामाग्री प्राप्त भएको यारी भान्सार कार्यालय प्रमुख रामराज जैसीले बताएका छन् ।

सवारी साधन एक तर्फी यारी नाकाबाट भित्रीदा करिव ४० हजार बराबरको राजस्व संकलन भएको प्रमुख जैसीले बताएका छन् । उक्त राजस्व संकलन गर्नका लागी सदरमुकाम सिमकोटबाट यारी भान्सार कार्यालयमा पुग्नकै लागी करिव ५० हजार खर्च भएको पाइएको थियो । यारी भान्सार कार्यालयको आफ्नै सवारी साधन नभएको र प्राइभेट सवारी साधन लिएर जानु पर्दा जाँदा २५ हजार आउदा २५ हजारमा वुकिङ गर्नु परेको प्रमुख जैसीले बताएका हुन ।

यतिवेला यारी भान्सार कार्यालय जाने मुख्य सडक सिमकोट हिल्सामा करिव ३ फिट हिउ जमेका कारण सदरमुकाम सिमकोटमा अस्थाइ कार्यालय स्थापना गरी वस्नु पर्ने वाध्यता रहेको पाइएको हो । हुम्ला जिल्लामा पहिलो पटक अनौपचारीकरुपमा मनाइएको भान्सार दिवशमा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी ससत्र प्रहरी नायव उपरिकक्ष नेपाल प्रहरी नायव निरिक्षक लगाएत व्यापारी पत्रकार सरोकारवाला निकायको उपस्थित रहेको थियो । उक्त दिवश विहिवार दिनको ३ वजे सोही कार्यालयमा मनाइएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९