राज शाही बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा रहेको वेरोजगारीलाई रोजगारी सृजना गर्ने हेतुले सिपमुलक तालिमहरु संचालन भइरहेका छन् । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिका सँगै घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सिपमुलक तालिम दिदै आएका छन । हुम्लामा रहेको वेरोजगारी अन्त्य गर्नका लागी जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुले हातेहोजारी, सिलाई कटाइ, मोबाइल मर्मत, वाइरीङ, राडी, पाखी, ढाँका वुनाइ, तालिमहरु संचालन भई रहेका छन् । विगत लामो समय देखि यी तालिमबाट हुम्लाका करिव २ हजार भन्दा वढी व्यक्तीहरुले लिई सकेका छन् । तालिम दिएका मध्य सिलाई, कटाइ, वारिङ, मोबाइल मर्मत र हिएयर कटिङमा सिप लिएका व्यक्तीहरु व्यवसायिक वनेको देखिन्छ ।


हिमाली जिल्ला हुम्लाका वेरोजगार युवा युवतीलाई आर्थिक उपार्जन संगै सिपमुलक वनाइ रोजगारी सृर्जना गर्ने उद्देश्यले ढाँका वुनाइ र सिलाई कटाइ तालिमको उत्घाटन गरिएको छ । उत्घाटन घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सिमकोटले गरेको हो । विहिवार उत्घाटन गरिएको ढाँका वुनाइ तालिम ४५ दिन सम्म संचालन हुनेछ भने सिलाई कटाइ तालिम ३ महिना सम्म संचालन हुने सोही कार्यालय प्रमुख अभयराज रेग्मीले बताएका छन् । ढाँका वुनाइ तालिममा सहभागीले रुची बढाएमा र नियमित उपस्थित भएमा तालिमको अवधि वढाउने सकिने प्रमुख रेग्मीले बताएका हुन।

सोही उत्घाटन कार्यक्रममा सिप सिक्नु मात्र ठुलो होइन सिकेको सिपलाई सही सदुउपयोग गरी आर्थिक उपर्जनमा लाग्नु पर्ने,वर्षेनी सरकारी रकमबाट सिकाइने सिपहरुलाई सिक्ने व्यक्तीहरु व्यवसायीक वन्न सकेको खण्डमा गरिवी निउनीकरण हुने, यो सिपको सही सदुउपयोग गरी सिकेको सिपबाट वुनेका सामाग्री बजार सम्म पुर्याई हामी जस्ता उपभोक्ताले प्रयोग गर्न पाएमा सिप सिकायको सार्थक हुने सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताए।

जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयहरुले सिप सिकाउदा सकभर स्थानिय श्रोत साधनको वढी प्रयोग हुने तालिमलाई पहिलो प्राथमिकता दिनु पर्ने, सिप सिकी व्यवसायीक वन्न सकेको खण्डमा त्यस्ता व्यवसायीहरुको प्रोत्साहनका लागी सिमकोट गाउँपालिकाले सम्मान गर्ने, घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लाका ७ वटै गाउँ पालिकाका वेरोजगार युवाहरुलाई रोजगार वनाउने उद्देश्यले गाउँ पालिका स्थरमा शाखा विस्तार गर्न सकेको खण्डामा अझै राम्रो हुने सिमकोट गाउँ पालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ममता रोकायाले बताइन ।

विहिवार दिनको १२ वजे घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा संचालन भएको उत्घाटन कार्यक्रमको अध्यक्षता सोही कार्यालय प्रमुख अभयराज रेग्मी, प्रमुख आतिथ्य सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, आतिथ्यमा सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ममता रोकाया महत र नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति हुम्लाका कार्यवाहक अध्यक्ष राज शाहीको रहेको थियो । कार्यक्रममा सिप सिक्ने महिला, पत्रकार, सिप सिकाउने प्रशिक्षक, पत्रकार लगाएत सरोकारवाला व्यक्तिको उपस्थित रहेको थियो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९