राज शाही शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

सुक्रबार विहान ४ वजेबाट हिमपात भए पछि जिल्लामा विद्युत र दाउराको खपत वढी भएको छ । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा अधिक्तम तापक्रम १ र न्युनतम तापक्रम माइनस ९ डिग्री सेल्सियसमा झरेपछि हिटर तथा दाउराको माग वढ्न थालेको हो । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा स्थापित कार्यालय र निजि घरमा समेत बत्तीबाट संचालन हुने हिटरहरु बढी प्रयोग हुन थाले पछि विद्युत वढी खपत भएको पाइएको हो ।

त्यसै गरी वत्ती नियमित नहुँदा जिल्ला सदरमुकाम सिमकोटमा दाउराको माग वढेको छ । वत्ती नियमित नहुदा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरु आगोबाली सेवाग्राहीलाई सेवा प्रवाह गर्न थालेका छन् । आगोको राप नलिइ सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीलाई सास्ती भएको हुम्ला जिल्ला अदालतका कर्मचारी रजनी रावतले बताएकी छन ।

हुम्ला जिल्लाका सरकारी कार्यालयहरुले यस अघि हिउदे मौसममा जाडो बढी हुने भएकाले करिव ५ हजार देखि विस हजार सम्मको दाउरा खरिद गरी स्टोर समेत गरेको र सोही दाउरा यो हिमपातमा प्रयोग गर्ने गरिएको छ । हुम्ला जिल्लामा दाउराको मुल्य पनि महँगो पर्ने गरेको छ । प्रति भारी दाउराको १ हजार देखि १ हजार ५ सय सम्म पर्ने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९