राज शाही शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

विगत लामा समय देखि पर्न नसकेको हिमपात सुक्रबार विहान ४ वजेबाट पर्न सुरु गरेको छ । विगत २ दिन देखि जिल्लाको मौसममा फेरवदल भइ आकासमा बाक्लो बादल लागेसँगै चिसो अत्याधिक वढेको थियो । विहिवार रातीबाट हुम्ला जिल्लाका उच्च स्थानमा हिमपात भए पनि वस्ति स्तर सदरमुकाम सिमकोटमा अहिले विहान ४ वजेबाट हिमपात हुन सुरु भएको हो ।

यो हिमपातले जिल्लामा भएको सुख्खा पन र खडेरीलाई विस्तापित गर्ने आशा गरिएको छ । जिल्लामा सुख्खा तथा खडेरी पर्दा दुलो धुवा उडि स्थानिवासीमा रुघा ,खोकी, दम ज्वोरोका विरामीको संख्यामा पनि वृद्धि भएको थियो । यो हिमपातले सोलाई मथर गर्ने स्थानियवासीले आशा गरेका छन् ।

अहिले जिल्ला सदरमुकाम सिमकोटमा करिव एक इन्च जति हिउ जम्न थालेको छ । यो हिमपातले जिल्ला चिसो अत्याधिक वढेको छ । हुम्ला जिल्ला सदरमुकाम सिमकोटको अधिक्तम तापक्रम ४ र न्यूनतम तापक्रम माइनस ९ डिक्री सेल्सियस रहेको छ । अहिले हिमपात भइ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९