राज शाही बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

बुधबार राती १२ वजेबाट विद्युत अवरुद्ध हुँदा करिव २ सय ७० घरधुरीमा अन्धकार छाएको छ । हिमाली जिल्ला हुम्लामा वल्ल तल्ल विद्युतको पहुँजमा गएको भए पनि कहिले पानीको अभाव, कहिले बाढिपहिरो, कहिले विद्युतका लागी प्रयोग गरिएका मेसिनहरुमा खरावी आउदा विद्युत अवरुद्ध हँदै आएको छ । यसै बीच सिमकोट गाउँपालिका वडा नं ८ स्याँडा गाउँका लागी उत्पादन गरिएको विद्युतको पावरहाउसमा राखिएको टरमाइनमा खरावी आएपछि विद्युत अवरुद्ध भएको हो ।

गारघट्ट खोलामा करिव ७ वर्ष अघि पावरहाउस निर्माण गरि जलविद्युत उत्पादन भएको विद्युतले सिमकोट गाउँपालिका वडा नं ८ स्याँडा गाउँका करिव २ सय ७० घरधुरीलाई उज्यालो दिदै आएको थियो । वुधबार राती एकासी टरमाइनमा खरावी आउदा विद्युत अवरुद्ध भएको सोही वडाका वडा अध्यक्ष कमल वुढाले बताएका छन् ।

विग्रेको विद्युतको मर्मत संम्भारका लागी गाउँपालिका कर्णाली प्रदेश र संघिय सरकारमा पहल गरि रहेको अध्यक्ष वुढाले बताएका छन् । उक्त विद्युतले अन्य इलेक्टोनिसका सामाग्री प्रयोग गर्न पावरले नभ्याय पनि विद्युत बाल्नको लागी प्राप्त मात्रामा भोटेज रहेको थियो । उक्त विद्युत विग्रदा त्यहाँका स्थानियवासी अन्धकारमा वस्न वाध्य भएको स्याँडा गाउँकी स्थानियवासी कविता परियारले बताएकी छन् ।

बुधबार राती १२ वजेबाट विद्युत विग्रदा दियालो बालेर उज्यालो गर्नु पर्ने वाध्य रहेको र करिव २सय ७० घरधुरीले दियालो बाल्नु पर्दा वनजंगल नास हुन सक्ने परियारले बताएकी छन् । यो समस्या सरोकारवाला निकायले समयमै समाधान गर्नु पर्ने अर्का स्थानियवासी तिलक वुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९