राज शाही सोमबार, माघ ०२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

गाउँ घरकै सरकारबाट सेवा दिन थालेपछि स्थानियले सहजै सेवा लिन पाएका छन् । २ दिन पैदल हिडेर जिल्ला अस्पतालबाट सेवा लिनु पर्ने स्वास्थ्य सेवा गाउँ घरबाटै लिन पाउने भए पछि हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका गर्भवती महिला खुसी भएका हुन । यस अघि गर्भमा रहेको बच्चाको अवस्था के कस्तो छ भन्ने भिडियो एक्सरेका लागी पैदल हिडेर जिल्ला सदरमुकाम सिमकोट पुग्नु पर्ने खार्पुनाथ गाउँपालिकाका गर्भवति महिलाको वाध्यताको अन्त्य भएको छ ।

केही दिन अघि स्वास्थ्य विभागले भिडियो एक्सरे मेसिन खार्पुनाथ गाउँपालिकाको सामुदायीक अस्पताललाई हस्तान्त्रण गरेपछि सोमबार पहिलो पटक गाउँपालिकामै भिडियो एक्सरे गरीएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् । आज सोमबार पहिलो दिन ६६ जना गर्भवती महिलाको भिडियो एक्सरे गरिएको प्रमुख शाहीले बताएका छन् । अव यो सेवालाई निरन्त्रता दिने र आज छुटेका गर्भवती महिलाहरुको गर्भ जाँच पनि हुने स्टाप नर्स सुहाना हमालले बताएकी छन् ।

सो चेक जाँचका लागी जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहरा र अनेस्थेसिया सहायक दिपेन्द्र शाहको उपस्थित रहेको थियो । त्यसै गरी माघ ३ गते छिप्रा स्वास्थ्य चौकीमा गर्भवतीको भिडियो एक्सरे हुने बताइएको छ । यो भिडियो एक्सरेबाट आमा र बच्चाको अवस्था पत्ता लगाउन र ज्यान बचाउन सहज हुने देखिएको र समयमै उपचार गर्न सहज हुने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९