राज शाही शनिबार, पौष ३०, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

सरकारी तवरबाट प्रदान गरीने सेवाहरु सर्व सुलब हुँदै गएका छन् । तिन तहका सरकार वने संगै स्थानिय सरकारले आफ्नै किसिमका निति, नियम, ऐन, कानून, कार्यविधि वनाइ सरकारी तवरबाट हुने सेवाहरु सहज र पौचयुक्त बनाउदै गएका छन् । यस अघि केन्द्रिकृत प्रणालीबाट सेवा प्रवाह गर्दा स्थानिय निमुखा गरिवका रेखामुनी रहेका जनताले सेवा पाउन ग्राह्रो भएको थियो । अहिले तिन तहको सरकार वने संगै विकेन्द्रिकृत प्रणालीबाट सेवा प्रवाह गर्दा जनताका घरदैलोको सरकारले स्थानिय जनताको मनोभावन बुझी घरदैलोमा नै पुगी जनताका आवश्यकताका आधारमा योजना बनाइ कार्यन्वयन गर्ने गरेका छन् ।

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाले शनिवार पनि स्वास्थ्य संस्था खुल्ला राखी स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ । खार्पुनाथ गाउँपालिकाका ५ वटा स्वास्थ्य चौकी सामुदायीक स्वास्थ्य इकाइ र सामुदायीक अस्पताल शनिवार पनि खुल्ला राखी स्वास्थ्य सेवा प्रवाह गरी रहेको छ । शानिवार आज खार्पुनाथ गाउँ पालिकाले विज्ञ चिकित्सक डाक्टर जिल्ला अस्पतालबाट लिई दिर्ग रोगी र स्वास्थ्य चौकीमा उपचार हुन नसकेका विरामीलाई उपचार गराएको छ ।

सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीका अनुसार जिल्ला अस्पतालबाट विज्ञ चिकित्सक लिई महिनाको १ पटक स्थानिय दिर्ग रोगी, वडा पालिकाका स्वास्थ्य चौकीमा उपचार हुन नसकेका विरामीलाई उपचार गर्ने लक्ष्य बमोजिम पौष महिनाको अन्तिम शनिवार खार्पुनाथका विरामीको डाक्टरबाट चेकजाँच गराएको बताएका छन् । खार्पुनाथ गाउँपालिकामा हरेक महिना को एकटक डाक्टर मार्फत स्वास्थ्य सेवा दिने उदेश्यका साथ सुरु गरियको सेवा पौष महिनामा पनि सन्चालन गरिएको खार्पुनाथ स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा स्वास्थ्य चौकीमा नवजात शिशुलाई न्यानो प्रदान गर्नका लागि बेबी वार्मर जडान गरिएको छ । यसअघि उक्त मेशिन आएको भएपनि जडान नहुँदा नवजात शिशुलाई कपडामा बेरेर न्यानो पार्नु पर्ने बाध्यता रहेको थियो । गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीको सहभागीतामा उक्त उपकरण जडान गर्ने कार्य शनिवार भएको हो । बेबी वार्मरको जडान पछि अब नयाँ जन्मेका शिशुलाई न्यानो पार्न सहज हुनेछ । हाल बिधुुत आपुती राम्रो भएको कारण उक्त उपकरणलाई स्वासथ्य चौकीले भरपुुर उपभोग गर्न सक्नेछ । बिधुुत आपर्ति बन्द भएको बेला भने सोलार नभएकोले उक्त उपकरण बन्दगर्नु पर्नेछ ।

उक्त सेवा माघमा पनि संचालन हुने र अव उक्त सेवालाई निरन्तरता दिने जानकारी प्राप्त भएको छ । गर्भवति महिलाको लागि भिडियो एक्सरे सेवा माघ २ गते खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालमा र ३ गते छिप्रा स्वास्थ्य चौकिमा भिडियो एक्सरे गर्ने सोही स्वास्थ्य शाखाका स्टाप नर्स सुहाना हमालले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९