राज शाही शनिबार, पौष ३०, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाको खार्पुनाथ शिवमन्दिरमा मागी मेला भव्यरुपमा मनाउनका लागी सम्पुर्ण तयारी कार्यपुरा भएको छ । खार्पुनाथ शिव मन्दिर व्यवस्थापन समितिले सोही मन्दिरको सुक्रबार सरसफाइ, चिसो बाट भक्तजनहरुलाई बचाउनका लागी दाउराको व्यवस्था संगै तातो पानीमा नहाउने व्यवस्था समेत गरेको सोही व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त शाहीले बताएका छन् ।
खार्पुनाथ शिव मन्दिरमा पौष ३० गते वेलुका बाट माग १ गते सम्म उक्त मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । सो मन्दिरमा पुजापाठका लागीसमेत व्यवस्थापन गरेको अध्यक्ष शाहीले बताएका छन् । सो मन्दिरमा पुजा पाठ गर्न जाने भक्तजनले मदिरा सेवन गर्न पाउने छैनन् ।

मन्दिरको पुर्वमा चौगान चौर पश्चिम कुरिल्ला उत्तर भित्रगहुडा दक्षिण नल्ला गाउँ यी चार किल्ला भित्रको क्षेत्रमा कोही कसैले पशुपन्क्षी मार काट गर्न नपाउने र मधिरा वेच विखन गर्न समेत नपाइने अध्यक्ष शाहीले बताएका छन् । कोही कसैले मदिरा वेचखिन तथा पशुपन्क्षी मारकाट र सेवन गरेको पाइमा कानून बमोजिम कार्वाहीको लागी सिफारिस गरिने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९