राज शाही शुक्रबार, पौष २९, २०७९ मा प्रकाशित

बिपन्न घरपरिवारलाई हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले जस्तापाता वितरण गरिएको छ । संघिय सरकार सुरक्षा आवास अन्तरगतका बिपन्न घरपरिवारलाई सिमकोट गाउँ पालिकाको सहजिकरणमा वितरण गरिएको हो। सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका ७६ विपन्न घरपरिवारलाई प्रति घरदुरी १४ जस्तापाताको दरले वितरण गरिएको गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताइन् ।

संघिय सरकार द्वारा आर्थिक वर्ष ७७ र ७८ अन्तरगत परेका विपन्न घरपरिवारलाई वितरणा गरिएको हो । सिमकोट गाउँपालिका वडा २ का ११ जना, वडा ३ का १० जना, वडा ४ का ९ जना, वडा ५ का ९ जना र वडा ६ का ९ जना गरी जम्मा ७६ विपन्न घरपरिवारलाई उक्त जस्ता पाता वितरण गरिएको सोही गाउँपालिका अध्यक्ष बिजय भन्डारीले बताए छन। अध्यक्ष भन्डरीका अनुसार जस्तापाता नपुगेका वडालाई चालु आर्थिक वर्षको असार मसान्तसम्म सबै वडाका विपन्न घरपरिवारलाई वितरण गर्ने बताइएको छ । यो काममा गाउँपालिका निरन्तर लागि पर्ने भएको छ ।

जस्तापाता सिमकोट गाउँपालिका अध्यक्ष बिजय भन्डरीको अध्यक्ष्तामा वितरण गरियको हो । जसमा गाउँपलिका उपाध्यक्ष शुसिला रोकाया , पत्रकार माहासंघ जिल्ला अध्यक्ष राजन रावत , लेखापाल विशाल बोहरा, पुर्व पत्रकार माहसंघका जिल्ला अध्यक्ष अर्जुन बोहरा र सिमकोट गाउँपालिका ८ वटै वडाका वडा अध्यक्षको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९