राज शाही शनिबार, पौष २३, २०७९ मा प्रकाशित

हुम्लाको बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा–छात्रलाई एनसिसि सम्बन्धी अन्तिम तालिम प्रदान गर्न बाँके जिल्लाको कोहलपुरमा शनिवार नेपाली सेनाले लगेको छ। शनिवार सेनाको हेलिकोप्टरमा ती विद्यार्थीहरुलाई कोहलपुर लगेको हो। बराह दल गुल्मका गुल्मपति दिनेश खड्काले चार महिनादेखि सिमकोटमा एनसिसि तालिम लिँदै आएको ३६ जना छात्रछात्रालाई अन्तिम तालिमका लागि नेपालगञ्ज लगिएको बताए। त्यसमा १८ जना छात्रा छन् भने १८ जना छात्र छन् ।

दुई दिन अगाडि नै विद्यार्थी जानुपर्ने भए पनि हुम्लामा हावा लागेका कारण हेलिकोप्टर आउन सकेको थिएन।शनिवार ती विद्यार्थीलाई लिन नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टर हुम्ला आएको थियो। उक्त अवधिमा ती विद्यार्थीले जिल्लामै अभ्यास गर्दै आएका थिए। सेनाले ती विद्यार्थीमा अनुशासन, राष्ट्रभक्ति र स्वयंसेवा जागृत गराउने तालिम प्रदान गर्दै आएको थियो।उनीहरूले ७९ दिन जिल्लामै तालिम प्रदान गरिएको थियो भने अब १६ दिन नेपालगञ्जको कोहलपुर तालिम प्रदान गरिनेछ। त्यसपछि उनीहरू पासआउट हुनेछन्।

हुम्ला फिर्ता सेनाले नै गर्नेछ। हुम्लाका दुई वटा विद्यालय मानसरोवर नमुना मावि र बालमन्दिर माविका छात्राछात्रलाई चार वर्षदेखि उक्त तालिमा प्रदान गर्दै आएको छ। तालिमपश्चात् विद्यार्थीले स्वयंसेवकका रुपमा काम गर्नु पर्नेछ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९