राज शाही बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

हुम्ला

आन्तरिक उडान सञ्चालनका लागि विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल लगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार गरिरहेको हो । प्राधिकरणले देशभरका विमानस्थललाई निर्देशिका समेत पठाइसकेको छ । अन्तर्रा्ष्ट्रिय उडानको पनि निर्दे्शिकाको तयारी प्राधिकरणले सुरु गरेको छ ।

विमानस्थलमा यात्रुहरू बीच दूरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङ लगायतका संरचना तयार पारिएको जानकारी प्राप्त भएको छ । ‘आन्तरिक विमानस्थलहरूलाई निर्दे्शिका पठाइसकेको र सोहीअनुसार संरचना तयारीमा एयरलाइन्स र विमानस्थल जुटेका छन्,’

कोरोना संक्रमण वढी रहेका वेला नेपालमा आन्तरिक हवाई उडान सञ्चालनको गृहकार्य सुरु भएको छ । असारदेखि हवाई उडान सुचारु गर्न लागिएको हो । संक्रमण फैलिन नदिन विभिन्न प्रकारका कडा सुरक्षा निर्दे्शिका बनाएर आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको छ । भारतमा पनि गत सोमबारदेखि उडान सुचारु गरिएको थियो ।

नेपालमा जेठ मसान्तसम्म सबै व्यवसायिक उडान बन्द गरिएको छ । लकडाउन २० जेठ सम्म छ । २० जेठपछि लकडाउन पनि खुकुलो बनाउन लागिएको छ । कोरोना संक्रमण महिनौं सम्म जारी रहने देखिएपछि स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड लागू गरेर २० गतेपछि थप केही क्षेत्रलाई खुला गर्न लागिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९