राज शाही बिहिबार, पौष २१, २०७९ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा स्वास्थ्य, शिक्षा, रोजगार, सिपमुलक, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिले गाउघर स्वास्थ्य क्लिनिकका लागी भवन निर्माण गरेको छ । सो भवन हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं ६ पुमा गाउँमा स्वास्थ्य गाउँघर क्लिनिक भवन निर्माण कार्य सम्पन्न गरेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका स्वास्थ्य संयोजक छक्क रोकायाले बताएका छन् ।

भवन स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोग, गुड नेवर्स इन्टरनेस्नल संस्थाको १२ लाख ३४ हजार ७ सय ८१ रुपैंया र चंखेली गाउँपालिकाको ७ लाख ५० हजार आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको संयोजक रोकायाले बताएका हुन । समुदायलाई अपनोत्वको भावनको विकासका लागी श्रमदान गरी २० लाखमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । उक्त भवन निर्माण कार्य १ वर्षमा सम्पन भएको हो ।

त्यसै गरी खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा सामुदायिक स्वास्थ्य इकाइमा स्वास्थ्य उपकरण सहयोग गरिएको छ । उक्त सहयोग स्नोल्याण्ड एकिकृत विकास केन्द्र र गुड नेभर्स इन्टरनेस्नल संस्थाको आर्थिक सहयोगमा सो स्वास्थ्य संस्थालाई २५ प्रकारका सामाग्री सहयोग गरेको छ । सिमकोट गाउँपालिका वडा नं २को कुम्लिङ जिउला सामुदायी स्वास्थ्य इकाइ र सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफया स्वास्थ्य चौकीलाई २५ प्रकारका स्वास्थ्य सामाग्री वितरण गरेको संयोजक रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९