राज शाही बिहिबार, पौष २१, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा स्वास्थ्य, शिक्षा, रोजगार, सिपमुलक, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिले गाउघर स्वास्थ्य क्लिनिकका लागी भवन निर्माण गरेको छ । सो भवन हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं ६ पुमा गाउँमा स्वास्थ्य गाउँघर क्लिनिक भवन निर्माण कार्य सम्पन्न गरेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका स्वास्थ्य संयोजक छक्क रोकायाले बताएका छन् ।

भवन स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोग, गुड नेवर्स इन्टरनेस्नल संस्थाको १२ लाख ३४ हजार ७ सय ८१ रुपैंया र चंखेली गाउँपालिकाको ७ लाख ५० हजार आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको संयोजक रोकायाले बताएका हुन । समुदायलाई अपनोत्वको भावनको विकासका लागी श्रमदान गरी २० लाखमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । उक्त भवन निर्माण कार्य १ वर्षमा सम्पन भएको हो ।

त्यसै गरी खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा सामुदायिक स्वास्थ्य इकाइमा स्वास्थ्य उपकरण सहयोग गरिएको छ । उक्त सहयोग स्नोल्याण्ड एकिकृत विकास केन्द्र र गुड नेभर्स इन्टरनेस्नल संस्थाको आर्थिक सहयोगमा सो स्वास्थ्य संस्थालाई २५ प्रकारका सामाग्री सहयोग गरेको छ । सिमकोट गाउँपालिका वडा नं २को कुम्लिङ जिउला सामुदायी स्वास्थ्य इकाइ र सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफया स्वास्थ्य चौकीलाई २५ प्रकारका स्वास्थ्य सामाग्री वितरण गरेको संयोजक रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९