राज शाही मंगलबार, पौष १९, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय हुम्लाले खाद्यन्न बिक्रि वितरण गर्ने भएको छ । खाद्यन्न विक्रि वितरण पुस २४ गते बाट गरिने भएको हो । खाद्य शाखाले करिब तिन महिना देखि खाद्यन्न बिक्रि वितरण गरेको थिएन । यस पटक पनि एक महिनाको मात्र खाद्यन्न बिक्रि वितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखा कार्यलय प्रमुख कृष्ण प्रसाद आचार्यले बताएका छन् । आचार्यका अनुसार हुम्लाका नागरिकलाई एक महिनामा बिक्रि वितरण गर्दा कम्तीमा तिन हजार कुन्टल खाद्यन्न चाहिने भएकोले यस भन्दा अगाडिका महिनामा खाद्यन्न अपुक भएकाले बिक्रि वितरण नगरेको प्रमुख आचार्यले बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापर कम्पनि लिमिटेड शाखा कार्यलयले सिमकोट गाउँपालिका वडा १ लाई पुस २४ गते खाद्यन्न बिक्रि वितरण गरिने भएको हो । त्यस्तै गरी सिमकोट गाउँपालिका वडा २ लाई पुस २६ गते, वडा ३ लाई पुस २८ गते, वडा ४ लाई पुस ३० गते खाद्यन्न बिक्रि वितरण गरिने जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । सिमकोट गाउँपालिका वडा ५ र ६ लाई माघ २ गते, वडा ७ लाई माघ ३ गते, वडा नं ८ लाई माघ ४ गते, खाद्यन्न बिक्रि बितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यलय हुम्लाले जनाएको छ । सिमकोट गाउँपालिका वडा ५ र ६ भित्र बसोबास गर्ने बजार ब्यबसायीलाई माघ ५ गते बिक्रि वितरण गरिने छ ।


त्यसै कर्मचारी तथा शिक्षकहरुलाई माघ ६ गते खाद्यन्न बिक्रि वितरण गरिने नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायव सुब्बा नविन आचार्यले बताएका छन । खाद्यन्न लिन आउदा अनिवार्य माक्स प्रयोग गर्नु पर्ने छ भने कर्मचारी तथा शिक्षकको हकमा परिचय पत्र सँगै स्वयम आफु उपस्थित हुनु पर्ने हुम्ला खाध्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । खाद्यन्न बिहान १० बजे देखि वेलुका ४ बजे सम्म बिक्रि वितरण गरिने छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९