शान्ती सिंह सोमबार, पौष १८, २०७९ मा प्रकाशित

नेपाली काँग्रेस हुम्ला जिल्ला कार्यसमितिको बैठक संचान भएको छ । शनिवार विहान ८ वजे नेपाली काँग्रेसको पार्टी कार्यालयमा वसेको बैठकको अध्यक्षता नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका कार्यवाक सभापति कैलास भण्डारीको अध्यक्षतामा संचालन भएको थियो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बसेको वैठकले ३ सदसिय जिल्ला अनुशासन समिति गठन गरेको छ । जसमा नेपाली काँग्रेसका पार्टी सचिव कृष्णबहादुर बोहराको अध्यक्षतामा वविता शाही र नवराज भण्डारी सदस्य रहने गरी उक्त समिति गठन गरिएको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताएका छन ।

त्यसै गरी सोही वैठकले गत वशैष ३० गतेको स्थानिय तह र मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई असहयोग गर्ने, पार्टीको विधि, विधान, निति विपरित जाने नेता तथा कार्यकर्तालाई यस अघि पौष १६ गते सम्म कार्वाही गर्ने निर्णय भएकोमा अव त्यसलाई बढाएर माघ १६ गते सम्म कार्वाहीको अवधि बढाउने निर्णय गरिएको नेपाली काँग्रेस हुम्ला जिल्ला उपसभापति बसन्त रोकायाले बताएका छन् ।

यस अघी हुम्ला जिल्ला नेपाली काँग्रेसले गरेको निर्णय जागरण, शुद्धीकरण र सुदृढीकरण (जासुसु) कार्यक्रमलाई प्रभावकारीरुपमा हुम्ला जिल्लामा कार्यान्वयन गर्दै लैजाने निर्णय भएको छ । नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९