राज शाही आइतबार, पौष १७, २०७९ मा प्रकाशित

चीनसंग सिमाना जोडिएको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई चीन सरकारले स्काभेटर सहयोग गरेको छ । बिकास निर्माणका काममा सहयोग पुर्याउने उद्धेश्यले उक्त मेशिन सहयोग गरिएको हो । गाउँपालिका अध्यक्ष प्रेम लामाले चीन सरकारले एक वटा स्काभेटर ( डोजर ) मेशिन सहयोग गरेको रेडियो कैलाशलाई बताएकबा छन् । उक्त सहयोग प्राप्त भएको स्काभेटर लिन उनको नेतृत्वमा गाउँपालिकाको एक टोली हिल्सा पुगेको थियो ।

सिमानाको कस्टम प्रतिनिधि र परराष्ट्र मामिला हेर्ने प्रतिनिधिले नयाँ स्काभेटर र साँचो आफुलाई आईतबार हस्तान्तरण गरेको बताए । स्काभेटर पाए लगत्तै गाउँपालिकाले एक जना ड्राईभरको समेत ब्यवस्था गरि सकेको छ । उनले चिनीयाँ प्रतिनिधिले गाउँपालिकाको बिकास निर्माणका सघाउ पुर्याउनका लागि चीनले सो स्काभेटर सहयोग गरेको बताएको बताएका छन् । सो स्काभेटरको मुल्य एक करोड भन्दा बढी परेको हो ।

हिल्सामा रहेको उक्त स्काभेटरलाई कर्णाली करिडोरको हिल्सा सिमकोट सडक खण्डको हिल्सादेखि नारा क्षेत्रमा भत्किएको सडकको मर्मत गरेर गाउँपालिका केन्द्र याल्वाङ ल्याउने तयारी भई रहेको छ । चीन सरकारले ठुलो सहयोग गरेको बताउदै अध्यक्ष लामाले यसले गाउँपालिकालाई बिकासे काम गर्न सहज भएको बताएका छन् । स्काभेटरलाई गाउँपालिकाले सडक निर्माण देखि अन्य सम्वन्धि बिकास निर्माणको कार्यमा प्रयोग गर्ने जनाएको हो ।

कतिपय बिकासे कामका लागि सिधै गाउँपालिकाले सो मेशिनलाई प्रयोग गर्ने छ भने कतिपय बेला भाडामा लगाएर पनि आम्दानी कमाउने छ । चीनले यसअघि नाम्खा गाउँपालिकाकालाई खाद्यन्न, औषधी, उपकरण, बिकास निर्माणका सामाग्री सहयोग गर्दै आएकोमा यस पटक भने स्काभेटर प्रदान गरेको हो । यसअघि गत जेठमा जिल्ला समन्वय समितिले आफुसंग भएको स्काभेटर पनि सहयोग गरेको थियो । अब नाम्खा गाउँपालिकासंग दुई वटा स्काभेर भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९