राज शाही शुक्रबार, पौष ०८, २०७९ मा प्रकाशित

हुम्ला

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा हालका मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाही सर्वसहमत चयन भएका छन् । सुक्रबार कर्णाली प्रदेश नेपाली काँग्रेस संसदिय दलको मनोनयन दर्ताको क्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री जिवनबहादुर शाही संसदिय दलको नेतामा निरविरोध चयन भएका हुन ।
यस अघि कर्णाली प्रदेश सभा सदस्य राजिव विक्रम शाहले संसदिय दलको नेताका लागी उम्मेदवारी दर्ता गर्ने हल्ला भए बमोजिम आज सुक्रबार मनोनय दर्ताको निर्वाचन कार्यतालिका नेपाली काँग्रेस कार्णाली प्रदेशले सार्वजनिक गरेको थियो । प्रदेश सभा सदस्य शाहले मनोनयन दर्ता नगरे पछि हालका कर्णाली प्रदेशका मुख्य मन्त्री जिवनबहादुर शाही नेपाली काँग्रेसको संसदिय दलको नेतामा सर्वसहमत चयन भएका हुन ।

मुख्य मन्त्री शाहीको प्रस्तावकमा राजिव विक्रम शाही र समर्थकमा जानकी सिह रहेकी छन् । ०७४ सालको निर्वाचनपछि कर्णाली प्रदेशका मुख्य मन्त्री शाही नै संसदीय दलको नेता रहेको स्वगिय सचिव राजबहादुर रोकायाले बताएका छन् ।।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९