राज शाही सोमबार, मंसिर २६, २०७९ मा प्रकाशित

हुम्ला
१ दिने महिनावारी सरसफाई स्वच्छता व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । हिमाली जिल्ला हुम्लाका ७ वटा गाउँपालिका मध्य खार्पुनाथ गाउँपालिकाले उक्त अभिमुखिकरण तालिम संचालन गरेको हो । महिनावारि भएका बेला के कसरी सरसफाइ गर्ने भन्नेबारेमा विद्यालयमा अध्यनरत छात्रालाइ सिकाउनका लागी विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई अभिमुखी करण गराइएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् ।

स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको सहकार्य र गुड नवर्स इन्ट्रनेसलको आर्थिक सहयोगमा सोमबार खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा संचालन भएको हो । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले महिनाको २ पटक माध्यामिक विद्यालयमा र महिनाको १ पटक आधारभुत विद्यालयमा अनिवार्य स्वास्थ्य शिक्षा तथा स्वास्थ्य चेकजाँच कक्षा संचालन गर्ने कार्ययोजना बमोजिम उक्त अभिमुखिकरण गरिएको सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् । सो कार्यक्रमलाई निरन्तरताका लागी सबै सरोकारवाला निकायको सहयोगको अपक्षा गरीएको स्वास्थ्य शाखा प्रमुख शाहीले बताएका छन् ।

विद्यालयमा स्वास्थ्य शिक्षा संचालन गर्ने कार्यक्रमम सुरुवाती चरणमा भएकाले केही कमीकम्जोरी हुन सक्ने भएकाले यसको रचनात्मक सुझावको अपक्षा राखेको शाहीले बताएका छन् । त्यसै गरी यो हिउदे विदाको समय भएकाले किसोरिहरुलाई खुवाइदै आएको आइरन चक्कि फाल्गुण महिनाबाट सुरु गरीने योजना बनाइएको खार्पुनाथ गाउँपालिकाले जनाएको छ । जसका लागी करिव १ हजार ट्याप्लेट गाउँपालिका स्वास्थ्य शाखामा पुगी सकेको प्रमुख शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९