राज शाही शुक्रबार, मंसिर २३, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाः
१० दिन देखी १ जना युवा वेपत्ता भएका छन् । वेपत्ता हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ निवासी अन्दाजी वर्ष २६ जसीराम शाही रहेका छन् । खच्चर सँग सामान ढुवानीका लागी सर्केगाड तर्फ जाँदै गर्दा उनी वेपता भएका हुन । उनको खोजी कार्य स्थानियवासी नेपाल प्रहरीले गरिरहेको भए पनि आज सुक्रबार सम्म नभेटिएको जानकारी प्राप्त भएको छ ।
उनी सर्हेगाड गाउँपालिकाको वडा नं १ र २ मा पर्ने लिप्ने देखि उनापानी जिउला सम्मको क्षेत्रमा हराएको जानकारी प्राप्त भएको छ । १० दिन देखि निजको खोजी गर्दा पनि फेला नपरेकाले निजलाई भेट्नु देख्नु हुने जो कोहीले नजिको प्रहरी चौकी तथा आफन्तलाई जानकारी गराइ दिनका लागी अनुरोध गरिएको छ ।
निज जसीराम शाही खार्पुनाथ गाउँपालिका वडा नं ४ नल्ला गाउँ निवासी रणबहादुर शाहीका छोरा हुन ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९