राज शाही मंगलबार, मंसिर २०, २०७९ मा प्रकाशित

उत्तरी हुम्ला नाम्खा गाउँपालिका – ५ को हिल्सा र ६ स्थित लिमीको सुनखानीमा स्थापना भएका सिमा प्रहरी चौकी सारिएको छ । चिसो बढेको र यी दुवै स्थानमा मानिसहरुको आउजाउ कम हुने भएको कारण प्रहरी चौकी सारिएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दिपक मल्लका अनुसार हिल्सा र सुनखानीमा सिमा प्रहरी चौकीका प्रहरीहरु जिल्लामा फिर्ता आई पुगेको बताएका छन् । दुवै प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरीले सुरक्षा प्रदान गर्दै आएको थियो । उनले हिउदमा चिसो पनि हुने र मानिसहरुको आउजाउन नहुँने भएको कारण दुवै प्रहरी चौकीबाट प्रहरीलाई फिर्ता बोलाईएको बताएका हुन । कुनै पनि घटना नहुँने र हिउदमा प्रहरीलाई रासनपानीको ब्यवस्था गर्न पनि समस्या हुने भएको कारण वर्षेनी मङ्सिर महिनापछि चौकीमा खटिएका प्रहरीलाई सार्ने गरिदै आएको छ । चौकीका प्रहरी फिर्ता आएपछि चौकीमा ताला लगाएर बन्द गरिएको छ ।
हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत रहँदै आएका थिए । अघिल्ला वर्षहरुमा हिल्सा प्रहरी चौकीका प्रहरीलाई नाम्खा गाउँपालिका–५ कै मुचु प्रहरी चौकीमा हिल्साबाट फिर्ता बोलाएर राख्ने गरिएको भएपनि यसवर्ष जिल्लामा बोलाईएको छ । दुबै प्रहरी चौकीका प्रहरीहरु आगामी जेठ महिनासम्म जिल्लामै बस्ने र त्यसपछि मात्र चचौकीमा फिर्ता हुनेछन् । हिल्सामै स्थापना भएको सशस्त्र प्रहरी सिमा सुरक्षा चौकी ( बिओपी ) भने हिल्सामै रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९