राज शाही आइतबार, मंसिर ११, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने निर्वाचित सदस्यहरुको घोषणा र प्रमाणपत्र बितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो । मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभामा छिरिङ डम्डुल लामा ( कार्चेन) र प्रदेश सभा क नम्बरमा रणसिंह परियार तथा ख नम्बर क्षेत्रमा कर्णाली प्रदेशका मख्यमन्त्री जीवनबहादुर शाहीलाई निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए ।घोषणापछि मुख्यनिर्वाचन अधिकृत सापकोटाले निर्वाचित सदस्य पदको प्रमाण पत्र समेत प्रदान गरेका थिए । मङ्सिर १० गते शनिवार परेको कारण सो कार्यक्रम आज राखिएको थियो ।

सो कार्यक्रममा बोल्दै मुख्य मन्त्री जिवनबहादुर शाहीले बिकासका लागि अब जिल्लाका सबै जिम्मेवार पक्ष लाग्नु पर्ने, जनताले अब जिम्मेवारी दिएको र त्यसलाई सफल रुपमा भूमिका निर्वाह गर्ने जिम्मा जनप्रतिनिधिमा आएको उनले बताए । निर्वाचन निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबै जिम्मेवार पक्षलाई उनले धन्यवाद समेत दिए ।

त्यसैगरि प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य छिरिङ डम्डुल लामाले जनताले दिएको माया अनुसार अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे , उनले आफु सकेसम्म जिल्लाको विकासका लागि काम गर्ने तर नसके बिग्रीने काम कहिल्यै नगर्ने बताएका थिए । त्यसैगरि प्रदेश सभा क नम्बर क्षेत्रका सदस्य रणसिंह परियारले दलितको छोरोलाई जनताले पहिलो पटक पत्याएको बताउतै अब प्रदेश सभामा दलितका मुद्धालाई बुलन्द रुपमा उठाउने बताए ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्ला प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीयबाट जिल्लाको बिकासका लागि योगदान रहने बिस्वास ब्यक्त गरेकी थिइन । कार्यक्रममा मुख्यनिर्वाचन अधिकृत सापकोटाले छिफुट बिबाद घटना बाहेक समग्रमा जिल्लामा निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएकोमा सहयोगी सबै निकायलाई धन्यावद दिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९