राज शाही बिहिबार, मंसिर ०१, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा मतदान केन्द्रमा खटिने महिला कर्मचारीको सङ्ख्या बृद्धि भएको छ । महिला कर्मचारीहरुको समान सहभागिता गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटाउने महिला कर्मचारीको सङ्ख्या बृद्धि गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कमलकुमार आचार्यले बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले गत स्थानीय निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदान कार्यका लागि खटिने महिला कर्मचारीको सङ्ख्या बृद्धि गरिएको बताएका छन् ।
यस पटकको निर्वाचनमा जिल्लाका कुल ५९ मतदान केन्द्र मध्य ४४ वटा मतदान केन्द्रमा ७६ जना महिला कर्मचारी खटाईएका छन । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा ४२ जना महिला कर्मचारीलाई मतदान कार्यकाका लागि खटाईएको थियो । मङ्सिर ४ गतेको निर्वाचनको मतदान कार्यका लागि कुल ४५० जना कर्मचारी खटाईएको छ ।

यसरी निर्वाचनमा खटिएका महिला कर्मचारीहरुमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीका रुपमा रहेका छन । उनीहरुले महिलाको मतदान कार्यका लागि समान सहभागिता गराउन र जिम्मेवारी दिए महिला पनि काम गर्न सक्छन् भन्ने देखाउनका लागि पनि महिलाको सङ्ख्यामा बृद्धि गरिएको सहायक निर्वाचन अधिकृत कमलकुमार आचार्यले बताएका हुन ।

निर्वाचनका लागि ४ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिईएको छ । यस पटक सो जिम्मेवारी भने घटेको छ । उनीहरु मध्य सरिता बोहरा र सुधा साप्कोटाले स्थानीय तहको निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी पुरा गरि सकेही छन् । स्थानीय निर्वाचनमा महिला मतदान अधिकृतको सङ्ख्या सात जना थियो । मतदान अधिकृत बोहराले निर्वाचन सफल रुपमा सम्पन्न गर्ने बताइकफ छन् । सहायक मतदान अधिकृतको सङ्ख्या भने ८ जना रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९