राज शाही शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

१ सय ५० मतदाता रहेको ताँङगिन गाउँमा मतदातालाई मतदान गर्न समस्या देखिएको छ । हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं १ ताङगीन गाउँ देखि मतदान केन्द्र पुग्न करिव ५ घण्टा लाग्ने भए पछि त्यहाँका मतदातालाई मतदान गर्न समस्या भएको स्थानियवासी नारायण लामाले बताएका छन् ।

सो गाउँबाट मतदान केन्द्र पुग्न करिव ५ घण्टाको दुरी भए पनि बाटो भिरालो र उकालो भएकाले जेष्ठ नागरीक, गर्भवती महिलालाई मतदान स्थल पुग्न सास्थी भएको लामाले बताएका छन् । लामाका अनुसार नाम्खा गाउँपालिका वडा नं १ हेप्का गाउँको बुध आधारभुत विद्यालय हेप्कामा मतदान केन्द्र रहेको छ ।

गर्भवती महिला जेष्ठ नागरिक मतदान गर्नु भन्दा १ दिन पहिला आएर हेप्का गाउँमा बास वस्नु पर्न वाध्यता रहेको लामाले बताएका छन् । उक्त गाउँमा ४० घरधुरी रहेको र १ सय ५० मतदाता रहेका छन् । यस पछि हुने निर्वाचनमा उक्त गाउँमा मतदान केन्द्र स्थापनाका लागी माग गरेको स्थानियवासी लामाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९