राज शाही सोमबार, आश्विन २४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका प्रकासित गरेको थियो ।

तर हुम्ला जिल्लामा निर्वाचन आयोगले तोकिएको उम्मेदवारको विरोधमा कोही कसैको उजुरी नपरेको हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले बताएका छन् ।
आयोगले मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी असोज २४ र २५ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्णय गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

असोज २५ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ भने असोज २६ गते उम्मेदवारको नाम फिर्ताका लागि समय तोकेको छ ।

यस्तै, असोज २६ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाश गर्ने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचनको चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान मंसिर ४ गतेलाई तोकिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९