राज शाही सोमबार, आश्विन २४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका प्रकासित गरेको थियो ।

तर हुम्ला जिल्लामा निर्वाचन आयोगले तोकिएको उम्मेदवारको विरोधमा कोही कसैको उजुरी नपरेको हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले बताएका छन् ।
आयोगले मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी असोज २४ र २५ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्णय गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

असोज २५ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ भने असोज २६ गते उम्मेदवारको नाम फिर्ताका लागि समय तोकेको छ ।

यस्तै, असोज २६ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाश गर्ने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचनको चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान मंसिर ४ गतेलाई तोकिएको छ ।

सम्बन्धित

ताजा अपडेट
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी
दादुरा _रुवेला खोपको भ्याक्सिन ढुवानीका लागी हेलिकप्टरको माग
दादुरा रुवेला खोप ढुवानीका लागी हेलिकप्टरको माग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९