राज शाही आइतबार, आश्विन ०९, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

स्वास्थ्य सेवालाई प्रभावकारी वनाउनका लागी मोबाइल वितरण गरिने भएको छ । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक सहयोगमा सो मोबाइल वितरण गर्न लागिएको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा स्वास्थ्य चौकीका अहेब कालीबहादुर शाहीले बताएका छन् ।

उक्त मोबाइल साविकको छिप्रा गाउँ विकास समिति वडा नं १ देखि ९ र हाल खार्पुनाथ गाउँपालिका वडा नं ४ का ९ जना महिला स्वास्थ्य स्वयम सेवीका र १ वटा स्वास्थ्य चौकी इन्चार्जलाई वितरण गर्न लागीएको अहेव शाहीले बताएका छन् । शाहीका अनुसार विरामीको नजिकको सरकार भनेकै महिला स्वास्थ्य स्वयम सेवीका भएकाले उनीहरु वडा–वडामा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले गर्भजाँच गर्ने र उचित स्थानमा गर्भ जाँच गर्न र नचाहेको गर्भपतन गर्नको लागि समेत सिफारिस गर्ने काम गरिरहेका छन्।

त्यसै गरी‘किट परीक्षण गरेर नचाहेको गर्भ छ भने सुरक्षित गर्भपतन सेवा दिने ठाउँमा पठाउँछन्। चाहेको गर्भ छ भने सुरक्षित मातृत्वको लागि परामर्श दिने काम गरि रहेकाले महिला स्वयम सेविकाको सो कार्यलाई प्रभाव कारी वनाउनका लागी मोबाइल सेट वितरण गर्न लागीएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् । जसका लागी खार्पुनाथ स्वास्थ्य चौकीका अहेव कालीबहादुर शाहीले मोबाइलका लागी प्रयोग हुने सिम स्वास्थ्य चौकीको सिफारिसमा नेपाल टेलिकमबाट निकालेर लिएका छन् । यसले गर्दा खार्पुनाथ गाउँपालिका वडा नं ४ को स्वास्थ्य चौकीबाट सेवा प्रभाह गर्न सहज हुने अहेव शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९