राज शाही बिहिबार, आश्विन ०६, २०७९ मा प्रकाशित

बाल संरक्षण कार्यक्रम स्थानिय योजना तर्जुमा प्रक्रिया बालबालिका र युवाको सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । नेपाल सरकारले बालबालिकाको पक्षमा नीतिगत एवं कानुनी प्रावधान राखी बालअधिकारको समग्र पक्षमा वकालत गरेकाले बालमैत्री समाज निर्माण गर्नका लागि बालबालिकामाथि यथोचित लगानी तथा बालअधिकारमा आधारित योजना तर्जुमा कार्य अपरिहार्य छ ।

बालबालिका तथा किशोर किशोरीहरूका संरक्षणका लागि नीतिगत प्रयास गरेमा लगानीको अधिकतम् सामाजिक तथा आर्थिक प्रतिफल प्राप्त गर्न सकिन्छ भने भोलिको सुन्दर, समृद्ध तथा समुन्नत भविष्य निर्माणकालागि आज बालबालिकामा लगानी गर्नु उपयुक्त हुन्छ । राज्यले बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धन गर्नको लागि विभिन्न नीति, कानुन, तथा अन्तराष्ट्रिय प्रतिवद्धता जनाए अनुरुपको व्यवहारमा परिवर्तन ल्याउन पनि उत्तिकै जरुरी छ । स्थानीय स्वायत्त शासन ऐनअनुसार बालबालिकाको प्राथमिकताको पहिचान, आवधिक योजना तथा बार्षिक योजनाको निर्माण बालअधिकारको दृष्टिकोणबाट गर्न यस कार्यक्रमले सहयोगीको भुमकिा खेल्ने बास नेपालका निर्देशक नमस्कार शाहले बताएका थिए ।

सिमकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत बालबालिकालाई गुणस्तरीय शिक्षा प्रधानकालागी १७ जना शिक्षक गाउँपालिकाको १ करोड ५० लाख वढी रकममा भर्ना गरि पठनपाठन गराइएको, बालविवाह गरिवीको कारण नभइ केही अंश अशिक्षित र धनाडे परिवारमा जन्मेका बालबालिका धनको उत्मात भएको सिमकोट गाउँपालिकाका उपाध्यक्षत शुशिला भाम रोकायाले बताएकी छन ।

त्यसै गरी सिमकोट गाउँपालिकाले बालबालिकालाई हात हातै रकम दिन नसके पनि बालबालिकाको शिक्षा, स्वास्थ्य र बाल संरक्षणमा लगानी गरेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताएका थिए । सिमकोट गाउँपालिकालाई बालमत्री, लंगीक मैत्री बनाउनका लागी विद्यालयमा सौचालय, सेनेटरी प्याड सँगै पेन्टी समेत वितरण गरी रहेको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधकिृत र रोकायाले बताएका छन् ।

बस्ती स्तरमा योजना निर्माणका क्रममा बालबालिका सम्बन्धी बालकलवका प्रमुख एव प्रतिनिधि, युवाकलवका प्रमुख प्रतिनिधिहरुको उपस्थितिमा योजना निर्माण गरेको, वडापालिकाबाट सँचालन हुने वढी जसो योजनामा युवाहरुकै भुमीका वढी हुने गरी कार्यक्रम संचालन हुने गरेको सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नन्द रावतले बताएका थिए ।

सिमकोट गाउँपालिकाका ८ वटै वडाका वडा अध्यक्षको उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रममा बाल श्रम अन्त्यका लागी घरपरविारको आर्थिक अवस्था मजवुदहुनु पर्ने सोही गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पामा लामाले बताएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले बालबालिकाको समस्या र मुद्धामा सरकारी निकाय, गैरसरकारी निकाय, सबै राजनैतिक दल, नागरिक समाज, पत्रकार, उद्योगपति, सम्पुर्ण व्यापारी, व्यवसायीहरू, अभिभावक लगायत सरोकारवालाहरू आफ्नो स्वार्थभन्दा माथि उठेर हुम्लाका बालबालिका अन्य विकसित राष्ट्रका बालबालिका सरह बनाउने अभियानमा सिङ्गो जिल्ला एक भएर अघि बढ्नु आवश्यक रहेको बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९