नन्द सिंह सोमबार, जेठ १२, २०७७ मा प्रकाशित

हुम्ला,
सदरमुकाम सिमकोटमा रहेको जिल्ला डिभिजन बन कार्यालय हुम्लामा जेठ १२ गते भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलिद्धारा सोही दिन डिस्पोज गरिएको छ । सोही कार्यालयको नबनिर्मित भबनको पर्खाल लगाउने भन्दै जग खन्ने क्रममा जिआई पाईप बम भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।

डिभिजन बन कार्यालयको काम गर्ने कामदारहरुले सो बम भेटाएको डिएसपी घर्तिमगरको भनाई छ । उहाँका अनुसार बम द्वन्दकालमा राखिएको हुन सक्ने अनुमान गरिएको छ । डिभिजन बन कार्यालय जिल्ला प्रहरी कार्यालयको नजिकै रहेको छ ।

बम भेटिए लगतै नेपाली सेनाको विशेषज्ञ टोलिद्धारा सोही दिनको वेलुका ७ वजेर २५ मिनेटमा डिस्पोज गरेको हो । उक्त कार्यालय नजिक बम डिस्पोज गरेमा भौतिक तथा आर्थिक सामग्रीको क्षेती पुग्ने भएपछि केही क्षेती नहोस भन्ने उदेश्यकासाथ सो टोलिले जिल्ला स्वास्थ्य सेवा कार्यालयको हेलिप्याड भन्दा केही दुरि टाढा लिएर डिस्पोज गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९