राज शाही मंगलबार, आश्विन ०४, २०७९ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिह दरबार, कर्णाली प्रदेश लगाएतका कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती एकिकृत कर्मचारी संगठन र स्थानिय तह कर्मचारी युनियन जिल्ला कार्यसमिति हुम्लाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिह दरबार काठमाण्डौमा पेश गरेको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमितिका अध्यक्ष विशाल बोहराले बताएका छन् ।


हुम्ला जिल्लामा नियमित हवाइ उडान नहुँदा यो दशैं तिहारको वेला हुम्ली लगाएत हुम्ला जिल्लामा कार्यरत कर्मचारीले आफ्नो घरपरिवार भेटघाट गर्न नपाएको, दशैं तिहार जस्ता नेपालीहरुको महान चार्ड पर्वमा आफ्नो घरपरिवारसँग भेट घाट गरी टीका आश्रीवाद लिन नपाएकोले हुम्लामा नियमित उडान भर्नका लागी उक्त ज्ञापन पत्र पेश गरीएको अध्यक्ष बोहराले बताएका छन् ।

नेपालीहरुको महान चाड दशैं तथा तिहारमा हुम्ला उडान भर्ने जहाज डलर मुखी हुँदा हुम्लीले दुख झेल्नु परेकोले यो चाडपर्वको वेला निजी तथा नेपाल एरलाईन्सले हुम्लामा नियमित उडान भरी हवाइ यात्रुलाई आवतजावतमा सहज गर्नका लागी उक्त ज्ञापन पत्र पेश गरिएको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष वर्षबहादुर शाहीले बताएका छन्।

नेपाल एरलाइन्सले नेपालगन्जमा नाइट स्टेय गरी नियमित हुम्ला उडानको लागी पनि माग गरिएको छ ।हुम्लाको पर्यटन व्यवसायको पर्वधन गर्न हुम्ला जिल्लामा स्थापित एरलाइन्सहरुले प्रत्यक दिन १।१ वटा उडान नियमित गर्नु पर्नेमा उक्त ज्ञापन पत्रमा जोड गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष डवल रावतले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९