राज शाही मंगलबार, आश्विन ०४, २०७९ मा प्रकाशित

हुम्ला जिल्लामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, कैदी, थुनुवाका लागी अस्थाइ मतदान केन्द्र तोकि निर्वाचन आयोगलाई सिफारीस गरिएको छ । यस अघि मतदान केन्द्र तोकि निर्वाचन आयोगबाट प्राप्त मतदान केन्द्रमा अस्थाइ मतदान केन्द्र नतोकिएकाले प्रमुख जिल्ला अधिकारी सिता परियारको अध्यक्षतामा वसेको बैठकले अस्थाइ मतदान केन्द्र जिल्ला कारागार कार्यालय सिमकोट हुम्लालाई तोकि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरिएको हो ।


मंगलबार विहान आठ ३० वजे जिल्ला अस्थायी मतदाता नामवली संकलन तथ व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सिता परियारको अध्यक्षतामा वसेको वैठकले प्रतिनिधि सभाप तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा सामानुपातिक निर्वाचन प्रणाली अन्तरगत हुने निर्वाचन प्रयोजनका लागि नेपाल सरकार, स्थानिय तह तथा नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्तीहरुका लागि मतदान गर्न सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी हुम्ला जिल्लामा एक अस्थायी मतदान केन्द्रको रुपमा जिल्ला कारगार कार्यालय सिमकोटलाई तोकि निर्वाचन आयोगमा सिफारिस गरि पठाइएको छ ।

त्यसै गरी सोही बैठकले उक्त निर्वाचनका लागी अस्थायी मतदाता नामवली तयारी सम्बन्धी कार्यक्रम अशोज ६ गते प्रकासन गर्ने निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताएका छन् । निर्वाचन प्रयोजनका लागी आयोगबाट प्रकासित अन्तिम मतदाता नामवलीमा नाम समावेश भएका नेपाल सरकार, स्थानिय तह तथा नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्तीहरुको नाम अस्थायी मतदाता नामावलीमा समावेश गर्न जिल्ला निर्वाचन कार्यालय मार्फत आयोगले तोकिएको कार्यतालिका बमोजिम संकलन गर्ने निर्णय गरिएको निर्वाचन अधिकारी रानाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९