राज शाही सोमबार, आश्विन ०३, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

विकट हिमाली जिल्ला हुम्लामा जन्मेकी दिपा शाहीले हुम्ला सँगै नेपालकै नाम राख्न सफल भएकी छन । नेपालको घरेलु मैदानमा संचालन भएको साफ चेम्पिएन खेलमा छनौट भइ हुम्ला सँगै नेपालकै नाम राख्न सफल भएको प्रति हुम्ली जनताले हुम्लामा दिप प्रज्वलन गरी खुसीयाली मनाएका छन् ।

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ पिता दलबहादुर शाही र माता श्रीदेवी शाहीको कोखबाट जन्मेकी फुटवल खेलाडी शाही हुम्लाको मानसरोवर माध्यामिक विद्यालय सिमकोटबाट एस इ इ पास गरी जिल्ला बाहिर काठमाण्डौंमा उच्च तहको अध्यन्नका लागी गएकी थिइ । पठन पाठनमा अव्बल विद्यार्थीको पहिचान बनाएकी खेलाडी शाहीले फुटवल खेलमा पनि उत्कृष्टरुपमा खेल प्रर्शन गरी रहेकी छन् ।

खेलाडी दिपा शाहीले नेपालको तर्फबाट उत्कृष्ट खेल प्रर्शन गरेको प्रति खुसी र खेलाडी शाहीको हौसाला बढाउनका लागी हुम्ला जिल्लाको चंखेली गाउँपालिकाले नेपाली नगद रुपैंया ५५ हजार ५ रुपैंया प्रदान गर्ने घोषणा गरेको सोही गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताएका छन् । आज सोमबार ५ वजे नेपाल र वंगला देश बीच खेल हुँदै छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९