राज शाही आइतबार, आश्विन ०२, २०७९ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा मतदान केन्द्र ५९ निर्धारण गरिएको छ । निर्वाचन आयोगबाट स्वीकृत भइ आएका मतदान स्थल केन्द्र तथा मतदान स्थल अनुसारका मतदाता संख्या निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका नायव शुब्बा श्यामबहादुर रानाले बताएका छन् ।


साविक मतदान स्थल कायम भएका ४७, ठाउ सारी कायम भएका मतदान स्थल ४ वटा र नयाँ थप कायम भएका ७ वटा गरी मतदान स्थल ५८ र मतदान केन्द्र ५९ कायम भएको जिल्ला निर्वाचन कार्यालयका लेखापाल झलक घर्तीले बताएका छन् । यस अघि हुम्ला जिल्लामा मतदान स्थल ५२ वटा रहेका थिए भने मतदान केन्द्र ५४ वटा रहेका थिए ।

हुम्ला जिल्लामा प्रतिनिधि सभा तर्फको मतदाता संख्या ३२ हजार ८ सय ५७ रहेका छन् । जसमा पुरुष मतदाता संख्या १७ हजार १ सय २८ र महिला मतदाता संख्या १५ हजार ७ सय २९ रहेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । त्यसै गरी हुम्ला जिल्ला प्रदेश सभा निर्वाचनका लागी प्रदेश (क) मा जम्मा मतदाता संख्या १८ हजार ८ सय ३० रहेको छ । जसमा महिला मतदाता संख्या ९ हजार २६ र पुरुष मतदाता संख्या ९ हजार ८ सय ४ रहेको छ । त्यसै गरी हुम्ला जिल्ला निर्वाचन क्षेत्र (ख)मा जम्मा मतदाता संख्या १४ हजार २७ रहेको छ । जसमा पुरुष मतदाता संख्या ७ हजार ३ सय २४ र महिला मतदाता संख्या ६ हजार ७ सय ३ रहेको जिल्ला निर्वाचन कार्यालयका सुब्बा रानाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९