Mansarowar Times सोमबार, जेठ १२, २०७७ मा प्रकाशित

हुम्ला
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा बाराका एक जना व्यक्तिको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा. विकास देवकोटाले बताए ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । बाराको कलैयाका ७० वर्षीय ती बृद्धमा क्षयरोग, स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गत जेठ ४ गते मृत्यु भएको देवकोटाले बताए ।

करैयामाई गाउँपालिका वडा नम्बर सातका उनको नारायणी अस्पतालमा गरिएको परिक्षण शंकास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा आज मात्रै उनको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । मृत्युभएपछि परिवारलाई शव जिम्मा लगाईएको र उनको दाह संस्कारपनि भइसकेको छ ।

प्रवक्ता दवकोटाले मृतक परिवारका सबै सदस्यहरुको जेठ ५ गते नै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र नतिजा आउन बाँकी रहेको पनि जानकारी दिनुभयो । यसअघि सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीका एक जनाको पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९