राज शाही शनिबार, आश्विन ०१, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले आज शनिवारबाट सहुलियतमा खाद्यन्न बिक्री वितरण कार्य सुरु गरेको छ । औपचारीक कार्यक्रमको आयोजना गरी सो वितरण कार्य सुरु गरेको हो । सहुलियत खाद्यन्न विक्रिवितरण कार्यको उत्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सिता परियारले छुट मुल्यमा खाध्यन्न विक्रि वितरण गर्दा हुम्लीबासी कर्मचारीहरुलाई यो चाह पर्वको वेला राहत हुने बताएकी छन ।

उक्त उत्घाटन कार्यक्रममा पहिलो खाध्यन्न लिन आउनेलाई टसी खादा लगाइ सम्मान गर्दै खाद्यन्नको रसित जिल्ला समन्वय प्रमुख शिवराज सर्माले प्रर्धान गरेका थिए । वडा दशैको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्धारा सहुलियतमा खाद्यन्न बिक्री गरेको हो । शाखाका निमित्त प्रमुख नबिन आचार्यका अनुसार लिमिटेडको केन्द्रीय नीति अनुसार दशैको अवसरमा सर्वसाधारणका लागि खाद्यन्न बिक्री सुरु गरिएको यसरी बताएका थिए।

यसका लागि शाखाले दुई हजार पाँच सय क्वीन्टल खाद्यन्न प्रति केजी सात रुपियाँ छुटमा बिक्री सुरु गर्नेछ । दशैमा सेवाग्राहीलाई केही राहात पुर्याउनका लागि छुटको ब्यवस्था गरिएको हो यसअघि लिमिटेडले दशैको बेला छुटमा खाद्यन्न बिक्री गर्ने जनाएको भएपनि खाद्यन्न मौज्दात नहुँदा बिक्री गर्न सकेको थिएन । यस पटक भने सबैलाई छुटमा खाद्यन्न बिक्री गर्नका लागि शाखाको गोदाममा खाद्यन्न मौज्दात रहेको छ ।

छुटमा बिक्री हुने खाद्यन्नमा अरुवा मोटा चामलको मुल्य ५८ रुपियाँ प्रतिकेजीमा ५१ रुपियाँमा बिक्री भएको छ भने अरुवा मध्यम चामल ६२ रुपियाँ प्रतिकेजीको ५५ रुपियाँ लिईएको छ । त्यसैगरि प्रतिकेजी ८५ रुपियाँ पर्ने जिरा स्टिम चामलको ७८ रुपियाँमा बिक्री भएको । त्यसैगरि यसवर्षबाट बिक्री भई रहेको प्रतिकेजी १ सय १० रुपियाँ पर्ने बास्मती चामल छुटमा १ सय ३ रुपियाँमा बिक्री भएको छ । कर्मचारीका हकमा भने बास्मति चामलको प्रतिकेजी दुई रुपियाँ र चामलको पाँच रुपियाँ छुटमा बिक्री गरि रहेको छ । शाखाबाट छुटमा खाद्यन्न बिक्री गरेपनि आठ वटा अन्य डिपो र बिक्री केन्द्रमा भने यो सुबिधा छैन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९